काठमाडौं । प्रचार गर्न नपाएको भन्दै रिलिज मिति सारेको चलचित्र ब्ल्याक टिमले फिल्मको ट्रेलर रिलिज गरेको छ । आकाश र आँचलको मुख्य भूमिका देखिने ट्रेलरमा यी दुईलाई जोडीका रुपमा देखाइएको छ ।
काठमाडौंमा एक कार्यक्रम गरी ट्रेलरको सार्वजनिक गरिएको थियो । केही समयअघि रिलिज गरिएको फिल्मको गीत ‘पल पल’ ले राम्रै चर्चा पाएको थियो । ट्रेलरले पनि दर्शकको ध्यान तान्न सक्ने देखिन्छ । ट्रेलर हेर्दा नै लभ, रोमान्स र एक्सनलाई देखाइएको छ ।
आकाश र आँचल बाहेक सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशील क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल लगायतका कलाकारले पनि अभिनय गरेको फिल्मलाई प्रदीप श्रेष्ठले निर्देशन गरेका हुन् भने आष्मा पाण्डेले निर्माण गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया