४ भाद्र २०७९, शनिवार

काँग्रेसबाट नवलपुरमा प्रदेशतर्फ शर्मा मुख्य दावेदार

२०७४,आश्विन,२६,बिहीवार १३:५६

0
Shares

नवलपरासी, २६ असोज। नेपाली काँग्रेसको तर्फबाट नवलपुरको र्निवाचन क्षेत्र नं २ को प्रदेश सभा (क) को प्रत्यक्षमा नेपाली काँग्रेस नवलपुरका युवा नेता श्रीधर शर्मा भट्टराईको नाम एक नम्बरमा सिफारीस भएको छ ।नेपाली काँग्रेस जिल्ला कार्यसमिति नवलपुरले केहि दिन अघि मात्र शर्मा सहितको समानुपातीक र प्रत्यक्षमा उठने उम्मेदवारको नाम केन्द्रलाई पठाएको छ । २०४५ साल देखि ने .बि.संघबाट नेपाली काँग्रेसको सक्रिय राजनीतिमा लागेका शर्माले काँग्रेसको नेतृत्वमा भएका २०४६ सालको आन्दोलन, २०६२÷०६३ को जनआन्दोलनमा समेत बिशेष योग्दान दिएका छन् । नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमिति सदस्य समेत रहेर पार्टीको बिभिन्न तहका साथै सुकुम्बासी ,कानुन,लेखा ,खेलकुद ,सामाजिक क्षेत्र सहित बिभिन्न राजनैतिक नियुक्ति बसेर काम गरेको अनुभबले सहज हेलमेल हुन सक्ने क्षमता रहेको छ ।यता प्रत्यक्षमा शर्माको नाम सिफारीससंगै शर्माको उम्मेदवारीलाई सभापति देउवा, नवलपुरका काँग्रेस सहित महेन्द्रध्वज जिसी समेतको साथ र समर्थन रहेको बताइन्छ । शर्मालाई प्रत्यक्षको उम्मेदवारको सुचिमा नाम राख्नको लागि केन्द्रिय नेता र मन्त्री समेत लागिपरेको बताइन्छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२६,बिहीवार १३:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघले नेपाल सरकारसँग वर्तमान समय सान्दर्भिक बौद्धिक सम्पत्ति सम्बन्धी कानुन ल्याउन माग गरेको छ ।

धनगढी । चार दशकदेखि चर्चामा रहेको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि नेपाल सरकारले बिहीवार भारतीय कम्पनी एनएचपीसीलाई सर्वेक्षण गर्ने

काठमाडौं । आज २८७ फोहोर बोकेका गाडी बञ्चरेडाँडा पुगेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत काठमाडौंलाई स्वच्छ

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका–१ स्थित यारी खोलामा माछा मार्ने क्रममा पानीमा डुबी एक युवकको ज्यान गएको छ । ताप्लि

ताजा समाचार

बन्ला त पश्चिम सेती ?
 २०७९,भाद्र,३,शुक्रवार २१:२८
बिस्कुट खुवाएर लुट्ने एक युवा पक्राउ
 २०७९,भाद्र,३,शुक्रवार २०:४५