१. माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आजबाट काठमाडौंमा सुरु, विभिन्न ६ वटा एजेण्डामा छलफल हुने, संसदमा एमसीसी अनुमोदनका लागि साथ दिएकोप्रति नेताहरूको असन्तुष्टि ।
२. राष्ट्रियसभाका २० सांसदको पदावधि आजबाट सकियो, कोमल ओलीदेखि रामनारायण बिडारीसम्म बिदा हुँदै ।
३. स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलको जाँचबुझ जारी, २६ गते अन्तिम नामावली प्रकाशन गरिने ।
४. आगामी चुनावमा कांग्रेस पहिलो र माओवादी दोस्रो हुने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दाबी, समग्र देशको राजनीतिमा आफूहरू निर्णायक हुने प्रतिक्रिया ।
५. आजबाट जारी केन्द्रीय कार्यसमितिको बैठकमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको चरम असन्तुष्टि, पार्टीभित्र व्यक्तिवादी सोच पलाउँदै गएको आरोप ।
६. आगामी निर्वाचनको तयारीमा लाग्न पार्टीका नेता, कार्यकर्तालाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाको आग्रह, जनताले निर्वाचनमा चेतनाको राजनीति गर्नेलाई छान्नुपर्ने भनाइ ।
७. विलासिताका वस्तुमा नेपालीको आकर्षण बढ्दो, चालू आर्थिक वर्षको सात महिनामा विलासिताका वस्तु खरिदमा मात्र नेपालबाट तीन खर्बभन्दा बढी रकम बाहिरिएको भन्सार विभागको तथ्यांक ।
८. नेपाल आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुग्यो, निगम भन्छ, विश्व बजारमा नै मूल्य आकासियो ।
९. पछिल्लो २४ घण्टामा १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि, ३ सय ८५ जना संक्रमणमुक्त, १ जनाको मृत्यु ।
१०. अनुसन्धानलाई प्रभावित पर्नेगरी सामाजिक सञ्जालको दुरुपयोग नगर्न साइबर ब्युरोको आग्रह, यस्ता गतिविधि गरेमा कानुनबमोजिम कारबाही गरिने ।
११ १० महिनामा वैदेशिक रोजगारमा जान करिब चार लाख जनाले लिए श्रम स्वीकृति, यो वर्षको अन्तिमसम्म करिब पाँच लाख जना वैदेशिक रोजगारमा जाने वैदेशिक रोजगार विभागको अनुमान ।
१२. पाकिस्तानको एक मस्जिदमा भएको आत्मघाती हमलामा परी ३० जनाको मृत्यु, ५० जना घाइते, १० को अवस्था गम्भीर ।
१३. युक्रेनमा रहेको युरोपकै ठूलो आणविक केन्द्र रुसको कब्जामा, रुसले प्रहार गरेको बम विस्फोट हुँदा परमाणु केन्द्रमा आगलागी, आगलागीबाट कुनै क्षति नपुगेको दाबी ।
१४. जुम्ला–रारा अल्ट्रा म्याराथन २०७८’ चैत २६ गतेदेखि हुने, समुद्री सतहबाट दुई हजार ३ सय मिटरको उचाइमा रहेको जुम्ला सदरमुकामदेखि मुगुको रारा ताल पुगेर म्याराथन समापन हुने ।
१५. र, आईसीसी महिला विश्वकप क्रिकेटअन्तर्गतको खेलमा वेस्ट इन्डिजको विजयी सुरुवात, आयोजक टिम न्युजिल्यान्ड ३ रनले पराजित ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया