युरोपेली युनियनको ५ अर्ब ६ करोड अनुदान स्वीकृत

काठमाडौँ । सरकारले युरोपेली युनियनले दिने ५ अर्ब ६ करोड अनुदान सहायता स्वीकृत गरेको छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको ६ दिने औपचारिक भ्रमण अत्यन्तै सफल भएको निष्कर्ष समेत निकालेको छ । प्रधानमन्त्री ओलीले ६ दिने औपचारीक चीन भ्रमण अपेक्षित र नेपालको हितमा अत्यन्तै सफल र फाइदाजनक रहेको निष्कर्ष निकालेको हो । 

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले युरोपेली युनियनले दिने ५ अर्ब ६ करोड अनुदान सहायता पनि स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।  

उनले भने, यूरोपियन युनियनको यो अनुदान सहयोग कृषि विकास रणनीति कार्यान्वयनमा खर्च हुने बताए ।

त्यसैगरी सरकारले बीमा विधेयक–२०७५, कर्जा सुरक्षण नियमावली–२०७५, वैदेशिक रोजगारमा गएका नेपाली कामदारका लागि कानुनी प्रतिरक्षासम्बन्धि निर्देशिका लगायत पनि स्वीकृत गरेको छ । 

त्यस्तै सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धि ऐनको पहिलो संशोधन विधेयक, २०७५ संसदमा पेश गर्ने निर्णय भएको मन्त्रीपरिषद बैठकले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?