२०७८,जेष्ठ,१,शनिवार

लघुवित्तले राष्ट्रिय उत्पादकत्व बढाउन सक्नुपर्छ : भेषराज पन्थी (भिडियो सहित)


बैंकहरु सहर केन्द्रित भए, नाफामूखी भए जसकारण हाम्रो पूँजी बैंकिङ च्यानलमा आउन सकेको छैन भन्ने अधिकांश दूरदराजमा बसोबास गर्ने जनताहरुको गुनासो छ ।

अर्कातिर बैंक तथा वित्तीय संस्थाहरु गाउँगाउँमा गएर त्यहाँको पूँजी बैंकिङ च्यानलमा ल्याएको दाबी गर्छन् । खास कुरा के हो ? 

लघुवित्त वित्तीय संस्थाले कसरी ग्रामीण क्षेत्रका पूँजीलाई बैंकिङ च्यानलमा ल्याएको छ भन्ने सन्दर्भमा लोकपथकर्मी अनिता आचार्यले फस्ट माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्थाका सिइओ भेषराज पन्थीसँग गर्नुभएको छलफलको सम्पादित अंश प्रस्तुत गरिएको छ :

लघुवित्त वित्तीय संस्था भनेको के हो ?

बैंकिङ क्षेत्रमा राष्ट्रिय बैंकले विशेषतः ४ किसिमको वर्गीकरण गरेको हुन्छ जसमध्ये घ स्तरमा लघुवृत्त वित्तीय संस्थाहरु पर्छन् ।

जुन ठाउँमा कमर्सियल बैंकहरुले कारोबार गर्न पहुँच पुग्दैन र नेपालको सन्दर्भमा भन्नुपर्दा निम्न वर्गका जनताहरु जसको बैंकिङ कारोबारसम्मको पहुँच हुँदैन, जसलाई बैंकिङ कारोबार सम्बनधी ज्ञान हुँदैन, उनीहरुलाई बैंकिङ च्यानलको मूल प्रवाहमा आबद्ध गर्नलाई लघुवित्त वित्तीय संस्था स्थापना भएका हुन् ।

नामबाटै प्रष्ट हुन्छ । लघुवित्त अर्थात सानो किसिमका आर्थिक क्रियाकलाप जस्तै सानो किसिमको बचत गर्ने, सानो किसिमको कर्जा दिने र त्यो बाहेक वित्तीय क्षेत्रभित्र पर्ने शिक्षा,बिमा, रेमिट्यान्स सम्बन्धीकार्यक्रमहरुमार्फत् ग्रामीण क्षेत्रका पिछडिएका वर्गहरुलाई आर्थिक सहयोग गर्ने, आयआर्जनमा मद्दत पु–याउने काम लघुवृत्त वित्तीय संस्थाले गर्छ ।

यहाँ ‘फस्ट माइक्रोफाइनान्स’ लघुवित्त वित्तीय संस्थाकोप्रमुख कार्यकारी अधिकृत (सिइओ) हुनुहुन्छ, नेपालमा लघुवित्तको कामबारे बताईदिनुस न !

बाँकी लघुवृत्त संस्थामार्फत्, सहकारीमार्फत् र राष्ट्रिय बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृति प्राप्त गैरसरकारी संस्थाहरुमार्फत् विपन्न वर्गमा कर्जा प्रवाह गर्ने यिनीहरको कर्तव्य हो । यी मध्ये फस्ट माइक्रो फाइनान्सले खुद्रा(रिटेल) माइक्रो फाइनान्स गरेर गाउँघरमा वित्तीय पहुँच पु–याउने साथै सहकारीहरुलाई, अन्य लघुवृत्त संस्थालाई, गैरसरकारी संस्थाहरुलाई ऋण प्रवाह गर्ने काम गर्छ ।

पछिल्लो तथ्याङ्क अनुसार नेपालमा राष्ट्रिय बैंकले स्वीकृति दिएको जम्मा ६४ वटा माइक्रो फाइनान्स दर्ता भएका छन् । यीमध्ये जम्मा ४ वटाले थोक लघु कर्जा प्रदान गर्छन् ।

बाँकी लघुवृत्त संस्थामार्फत्, सहकारीमार्फत् र राष्ट्रिय बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृति प्राप्त गैरसरकारी संस्थाहरुमार्फत् विपन्न वर्गमा कर्जा प्रवाह गर्ने यिनीहरको कर्तव्य हो ।

यी मध्ये फस्ट माइक्रो फाइनान्सले खुद्रा(रिटेल) माइक्रो फाइनान्स गरेर गाउँघरमा वित्तीय पहुँच पु–याउने साथै सहकारीहरुलाई, अन्य लघुवृत्त संस्थालाई, गैरसरकारी संस्थाहरुलाई ऋण प्रवाह गर्ने काम गर्छ ।

यसको मुख्य स्रोत भनेको कमर्सियल बैंकहरुले लगानी गर्नुपर्ने विपन्न वर्ग कर्जा हो । सो कर्जा सापटी लिने र अन्य खुद्रा कारोबार गर्ने लघुवित्तहरुलाई दिने भएकाले यसलाई बैंक र अन्य लघुवित्त संस्थाको मध्यस्थकर्ताका रुपमा पनि लिइन्छ ।

लघुवित्त वित्तीय संस्थाका कठिनाईहरु चाहिँ केके छन् ?

बैंकिङ संस्था र लघुवित्त संस्था एउटै समूहमा भएपनि यसको काम गराई केही फरक छ ।

क, ख र ग वर्गका बैंकहरु प्राय सहरकेन्द्रित नै हुन्छन् । त्यसको ठीक विपरीत लघुवित्त संस्था ग्रामीण क्षेत्रमा केन्द्रित भएर लक्षित वर्गको घरघरमै पुगेर बैंकिङ भनेको के हो ? बचतको महत्त्व के छ ?

जस्ता कुराहरु प्रत्यक्षरुपमा बुझाउने कोसिस गर्छन् । गाउँगाउँमा गएर समूह बनाइदिने, उनीहरुमा बचत गर्ने बानी बसाल्ने र जसले उद्यम गर्न चाहनुहुन्छ वहाँलाई त्यही बचतबाट ऋण प्रदान गर्ने गरेर पैसाले पैसा कसरी तान्छ भन्ने कुरा सिकाउँछन् ।

तर यो सबै प्रक्रियामा लागत बढी हुन्छ । किनकि यसमा अरु बैंकजस्तो काउन्टरमा बसेर पैसा संकलन गरेजस्तो छैन ।

कर्मचारीहरु घरघरमै अनवरतरुपमा जानुपर्ने भएकाले उहाँहरुलाई छातादेखि खाजा, ट्राभलिङ कस्ट आदि सबै उपलब्ध गराउनुपर्ने हुन्छ । जसले गर्दा लघुवित्तमा तिर्नुपर्ने ब्याज चर्को भएको देखिन्छ ।
तर यो पनि एउटा नाफामुखी संस्था भएकाले घाटामा काम गर्न मिल्दैन ।

जनताले कसरी विश्वास गर्ने त ?

बैंकको काउन्टरसम्म धाउन पनि त यातायात खर्च लाग्छ । फेरि एकैदिनमा बैंकले कर्जा दिने पनि होइन । यसको लागि लामो प्रक्रिया हुन्छ ।

त्यसैले माइक्रो फाइनान्सले राष्ट्रिय उत्पादकत्व बढाएको छ कि छैन र लक्षित वर्गलाई आर्थिक आयआर्जनमा सहयोग पु¥यायो कि पु¥याएन भन्ने कुराले हाम्रो विश्वसनीयता बढाउने हो ।

माईक्रोफाईनान्सहरु गाउँ–गाउँमा जाने, जनतालाई आफूप्रति विश्वस्त बनाउन, तर बचत सुरु गरेको केही समयमा हिँडिदिने गरेको आरोप लाग्ने गर्छ । झोले बैंकिङ पद्धतिको यस्तो परिपाटीप्रति सर्वसाधारणले गुनासो गरिरहेका छन्। यस्तो प्रवृत्ती किन देखिएको ?

लघुवित्तलाई अहिलेसम्म त्यस्तो आरोप आएको छैन र यसले त्यस्तो हर्कत गरेको पनि छैन ।

लघुवित्तको सङ्ख्या बढेको कारण एउटै गाउँको एउटै घरमा बारबार एउटै कुरा भनिरहँदा सर्वसाधारणलाई पट्यार लाग्ने हो कि भनेर मात्र हो ।

फेरि लघुवित्तले बचत गराउने मात्र होइन लगानी पनि गर्ने हो । जसले लगानी गर्छ, उ त भाग्दैन,किनकि उसले त्यहाँ असुली पनिगर्नुपर्ने हुन्छ । 

यहाँले राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्षसम्म सेवा पु¥याएर २ वर्ष अघि मात्र अवकाश लिनुभयो । अहिले बैंकहरुमा बढी ब्याज दिने होडबाजी चलेका कारण अब बैंकमै पैसा राखेर ब्याज खाने दिन आयो भन्ने सुनिन्छ।व्याजदरबारे तपाईँको विश्लेषण के हो ?

पैसा हुने तर लगानीको क्षेत्र पहिल्याउन नसक्ने, जोखिम लिन नसक्ने सामान्य बचतकर्ताका लागि ठीकै हो । तरयसो हुँदाउद्यमीहरुका लागि पनि त ब्याजदर वृद्धि हुन्छ नि !उनीहरुले कर्जा लिन सकेनन् भने त उत्पादन हुन सक्दैन । त्यसैले यसको दोहोरो प्रभाव छ ।

अर्को कुरा, बैंकिङ प्रणाली विकास भएर तल्लो वर्गकाले पनि राम्रो ब्याज पाउनुपर्छ भनेर मायाले गरिएको भए यसको प्रभाव ठीक हुन्थ्यो । यो त अवसर छोपेर, प्रतिष्पर्धाको हिसाबले गरिएको हो ।

आज ब्याज बढ्ने कुरा हुन्छ भने भोलि एकाएक ब्याज घट्छ । त्यसैले ब्याजदर बढेको छ भनेर खुसी भइहाल्ने अवस्था छ जस्तो मलाई लाग्दैन ।यस्तो अस्थिर प्रवृत्तिले राम्रो प्रतिफल पनि ल्याउँदैन ।

बैंकहरुको अनुत्पादक क्षेत्रमा लगानी बढी हुँदैछ भन्ने कुरा छ । खास कुरा के हो ?

उत्पादक क्षेत्र अर्थात् हाइड्रोपावर प्रोजेक्ट, कृषि आदि जसले प्रत्यक्ष रुपमा प्रोडक्ट दिइरहेका हुन्छन् । मैले बुझे अनुसार बैंकहरु त उत्पादनशील क्षेत्रमा जान तयार पनि छन् । नियामक राष्ट्र बैंकले नै कृषिमा १०, उर्जामा १० जाउ, विपन्नमा ५, र अन्यमा ५ प्रतिशत कर्जा प्रवाह गर्न भनेकै छ । तर, सम्बन्धित क्षेत्रबाट माग भएपछि मात्र बैंक र वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्न सक्छन । 

अनुत्पादक क्षेत्र भन्नाले ओभरड्राफ्ट कर्जा, घर बनाउने कर्जा, गाडी किन्ने कर्जा आदिलाई भन्न खोज्नुभएको होला सायद । तर तिनले पनि अप्रत्यक्षरुपमा उत्पादनमा सहयोग पु¥याइरहेका हुन्छन् ।

उत्पादक क्षेत्र अर्थात् हाइड्रोपावर प्रोजेक्ट, कृषि आदि जसले प्रत्यक्ष रुपमा प्रोडक्ट दिइरहेका हुन्छन् । मैले बुझे अनुसार बैंकहरु त उत्पादनशील क्षेत्रमा जान तयार पनि छन् । नियामक राष्ट्र बैंकले नै कृषिमा १०, उर्जामा १० जाउ, विपन्नमा ५, र अन्यमा ५ प्रतिशत कर्जा प्रवाह गर्न भनेकै छ ।

तर, सम्बन्धित क्षेत्रबाट माग भएपछि मात्र बैंक र वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्न सक्छन । 
जहाँसम्म मलाई थाहा छ, ठूलाठूला कृषि परियोजनाले ऋण नपाएको खबर अहिलेसम्मआएको छैन । त्यसैले बैंकले लगानी प्रवाह गर्नलाई सम्बन्धित क्षेत्रबाट माग पनि आउन जरुरी छ ।

यहाँले विभिन्न देशहरु भ्रमण गर्नुभाको छ । विकसित देश र हाम्रो देशमा उत्पादक र अनुत्पादक क्षेत्रमा हुने लगानीमा के–कस्ता फरक पाउनुभयो ?

सन् १९९० तिरदक्षिण पूर्वी एसियामाबिल्डिङ बने, निर्माण क्षेत्रमा मात्र अधिक लगानी भयो, अर्थतन्त्र धरासायी बन्यो भनेर हामीले सुन्दै आएका छौँ ।

अमेरिका जस्तो देशमा पनि २००८ तिर यो हाउजिङ लोन, अपार्टमेन्ट लोन बढी भयो, पैसा समयमा तिरेनन्, अर्थ व्यवस्था धरासायी भयो भनेर त हामीले सुनेकै हो । त्यो पनि अनुत्पादनशील नै जस्तो देखिन्छ ।

आर्थिक व्यवस्थाले स्थायित्व लिइसकेपपछि त सबै उत्पादनशील नै हुन्छ । हाम्रो सन्दर्भमा चाहिँ सेयर मार्केट हे¥यौं भने त्यहाँ बैंक र बिमाहरु कम्पनीकै अधिक कारोबार भईरहेको छ । रियल सेक्टर पनि क्यापिटल मार्केटमा त्यति आएको देख्दैनौँ हामी ।

खासगरी भूकम्पपछिको पुनर्निर्माणको सन्दर्भमा चाहिँ अनुत्पादक क्षेत्रमा बढी लगानी भइरहेको छ भन्न खोजेको हो । के भन्नुहुन्छ यसमा ?

घर त मान्छेको आधारभूत आवश्यकता हो नि । बस्नैको लागि त किन त्यत्रो ४ तला घर बनाउने सानो घरमा पनि बस्न मिलिहाल्छ नि भन्ने हिसाबले यसलाई अनुत्पादक भनिएको हो ।

तर, भूकम्पको पुनर्निर्माणका कारण अरु क्षेत्रमा कम लगानी भएको चाहिँ होइन । अहिले गाउँमा गयो भने पढेलेखेका, विश्वविद्यालय तहका शिक्षित वर्गले परम्परागत शैलीलाई त्यागेर व्यवसायिक रुपमा कृषि गरेको देखिन्छ ।

यो क्षेत्र एकैपटकमा अगाडि आइपुग्दैन ।राज्यले यसको लागि विस्तारै मार्केट क्रिएसन गर्ने हो भने बैंकको पनि उत्पादनशील क्षेत्रतिर ध्यानाकर्षण हुन्छ ।

 

तपाईंको ३०–३२ वर्ष लामो बैंकिङ अनुभवले हामी प्रविधिमा कतिको अघि छौँ भन्ने देखाउँछ ?

हामी त कम्प्यूटर नआउँदैदेखि लेजरमा ‘डेबिट’, ‘क्रेडिट’ गर्दै बैंक चलाएको मान्छे हो । अहिले आउँदा त कहाँ फड्को मा¥योकहाँ !अहिले त तपाईं मोबाइलबाटै धान–चामल किनेको पैसा तिर्न सक्नुहुन्छ । एउटा बैंकबाट अर्कोमा एकाउन्ट ट्रान्स्फर गर्नसक्नु हुन्छ ।

तर यतिले पुग्दैन । अझै स्मार्ट हुनसक्नुप¥यो । कम्तीमा एटिएम कार्ड जहाँबाट घोटे पनि सजिलैसँग पैसा निस्किनु प¥यो । कपाल काट्ने ठाउँ होस् या ट्याक्सीको भाँडा तिर्ने बेला होस् यस्तो सिस्टम हुनुप¥यो ।

कहिलेकाहीँ प्रविधिको सहायताले विभिन्न बैंकिङ अपराध भएका घटनाका बारेमा सुनिन्छन् । त्यो त विभिन्न विकसित देशहरुमा पनि हुने गरेको छ । यो प्रविधिको भन्दा पनि मान्छेकै दोष हो । प्रविधिले त मान्छेले जे गर्न लायो सोही गर्ने हो । 

फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका भावी योजनाहरु केके छन् भन्दिनुस् न ।

यो एउटा होलसेल गर्ने लघुवित्तीय संस्था भएकाले अरु रिटेल गर्ने लघुवित्तीय संस्थाको क्रियाकलापलाई सुपरिवेक्षण गर्ने, राष्ट्र बैंकले दिएको गाइडलाइन पालना भएको छ कि छैन भनेर निगरानी गर्छौँ र विभिन्न तालिम मार्फत् यसको इफिसियन्सी बढाउने कोसिस गर्छौँ ।

यही कार्यलाई अघि बढाउँदै हामी आफ्नो पोर्टफोलियो अभिवृद्धि गर्न प्रयासरत रहने छौँ ।

प्रकाशित मिति: २०७५,असार,१४,बिहीवार ०८:१६


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा.राजेश साम्भाजीराव पाण्डवले उपचार मात्रैले संक्रमण नियन्त्रण नहुने भएकाले जनस्वास्थ्यका मापदण्डलाई कडाईका साथ

काठमाडौं । आन्तरिक राजश्व विभागले निषेधाज्ञा जारी भएका जिल्लाका करदाताहरु कर तिर्नकै लागि कार्यालयमा भौतिक रुपमा उपस्थित हुनुनपर्ने बताएको छ

काठमाडौं । नुवाकोटबाट प्रदेशसभा सदस्य निर्वाचित नेकपा (एमाले) का युवा नेता केशवराज पाण्डेले यही वैशाख १५ गते बागमती प्रदेशको आन्तरिक

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७८/७९ को बजेट तर्जुमा गर्न सरकारलाई सुझाव दिएको

अन्नपुर्णमा आइसोलेसन सञ्चालन
 २०७८,जेष्ठ,१,शनिवार ०८:५७