काठमाडौँ । संसदमा प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भएको छ ।
देशभर निर्माणाधीन अवस्थामा रहेका खानेपानी, सडक, ढल, पुलेसा, सिंचाई र अन्य आयोजनासम्बन्धी छलफलमा सहभागि सांसदहरुले पक्ष विपक्षमा आ–आफ्नो धारणा राखिरहेका छन् । प्रस्तावमा सभामुख कृष्ण बहादुर महराले छलफलका लागि एक घण्टा समय छुट्याएका छन् ।
बैठकमा सांसद खगराज अधिकारीले स्थानीय र प्रदेश सरकारसँग पर्याप्त प्राविधिक जनशक्ति सैद्धान्तिक ज्ञान, सीप, क्षमाता, बजेट र औजारको समेत अभाव भएको भन्दै विकासे योजना सम्पन्न गर्न केन्द्र सरकारको ध्यान जान जरुरी रहेको बताएका छन् ।
अधिकारीको प्रस्तावलाई सांसद विशाल भट्टराईले समर्थन गरेका छन् । उनले भने, ‘सार्वजनिक खरिद ऐन संशोधन गरेर भएपनि विकास र सम्बृद्धिको योजना पुरा गर्नुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया