केन्द्रीय कमिटी बैठकमा पार्टीपंक्तिप्रति नारायणकाजीको चरम असन्तुष्टि

लोकपथ
217
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी पंक्तिको क्रियाकलाप्रति चरम असन्तुष्टि व्यक्त गरेका छन् ।

आजबाट काठमाडौंमा जारी कैन्द्रीय समिति बैठकमा आफ्नो लिखित जवाफ पेस गर्दै नेता श्रेष्ठले पार्टीभित्र व्यक्तिवादी प्रवृति रहेको भन्दै आलोजना गरेका छन् ।

त्यस्तै उनले पार्टीभित्र नोकरशाही, पुँजीपति र दलालहरुसँग साँठगाँठको प्रवृति बढेको भन्दै त्यसबारे असन्तुष्टि जनाउँदै पार्टी अध्यक्षले आफूलाई पार्टी छाड्न भनेको भनाइ समेत कोट्याएका छन् ।

‘‘हाम्रो मुख्य समस्या वैचारिक संस्कृतिमा भयो । पार्टीभित्र नोकरशाही, पुँजीपति र दलालहरुसँग सँठगाँठ गर्ने प्रवृत्ति बढेको छ । नेतृत्व चरम व्यक्तिवादी बनेको छ’ उनले भने, ‘‘अध्यक्ष कमरेड प्रचण्डसँग मेरो २०५३ सालदेखिको सम्बन्ध हो तर उहाँले पत्रकार सम्मेलन गरेर मलाई पार्टी छोड्न भन्नुभएको छ।’

गत आइतबार संसदबाट एमसीसी पारित भएसँग पार्टीप्रति असन्तुष्ट थिए नेता श्रेष्ठ । सोमबार एमसीसीको समिक्षाका लाग पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको पत्रकार सम्मेलनमा त्यसको विरोध नगर्न आग्रह गर्दै पार्टीबाट बाहिरिन खोजेको भए जाँदा हुन्छ भन्ने आसय व्यक्त गरेका थिए । त्यसपछि झन असन्तुष्ट बनेका नेता श्रेष्ठलाई फकाउन प्रचण्डले निरन्तर छलफल गरेका थिए ।

एमसीसी लगायत विभिन्न ६ एजेण्डामाथि छलफल गर्न आजबाट पार्टीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?