माओवादी केन्द्रको बैठक आइतबारसम्मका लागि स्थगित

लोकपथ
70
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठक पर्सी आइतबारसम्मका लागि स्थगित गरिएको छ ।

आजको बैठकमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए ।

दुई नेताको सम्बोधन सकिएसँगै बैठक आइतबार बिहान ११ बजेसम्म स्थगित भएको घोषणा गरिएको हो ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी संगठनका साथै वर्तमान राजनीतिक समसामयिक विषयमा ब्रिफिङ गरेका थिए । त्यसपछि अर्का नेता नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राखेका थिए ।

बैठकमा आफ्नो लिखित जवाफ पेस गर्दै नेता श्रेष्ठले पार्टीभित्र व्यक्तिवादी प्रवृति रहेको भन्दै आलोजना गरेका छन् । साथै उनले पार्टीभित्र नोकरशाही, पुँजीपति र दलालहरुसँग साँठगाँठको प्रवृति बढेको भन्दै त्यसबारे असन्तुष्टि जनाउँदै पार्टी अध्यक्षले आफूलाई पार्टी छाड्न भनेको भनाइ समेत कोट्याएका छन् ।

श्रेष्ठकाे धारणासँगै आइतबारसम्मका लागि बैठक स्थगित भएको हो ।

 

‘आइतबारको बैठकमा पार्टीले तय गरेका एजेण्डाका बारेमा छलफल हुनेछ’, माओवादी केन्द्रका एक नेताले भने, ‘छलफलका लागि बैठकमा ६ वटा एजेण्डा पेस भएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?