सरकारको गतिविधि हेर्दा केही आशा र आशंका : अध्यक्ष थापा

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको अहिलेको गतिविधि हेर्दा केही आशा र आशंका पैदा गरेको बताएका छन् ।

मिडिया नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दुई तिहाइ बहुमतको सरकारबाट अहिले जनाताले राजनीतिक स्थायित्व, विकास र समृद्धिको आशा गरेको भन्दै तर सरकारबाट दुई तिहाइ मतको दुरुपयोग गर्दै एक दलीय शासन पद्धति ल्याउने होकि भन्ने आशंका पनि रहेको बताए । 

उनले भने, “दुई तिहाइ मतको दुरुपयोगले गर्दा मुलुकमा बिखण्डनकारीले फाइदा लिन सक्ने खतरा पनि कायम नै छ ।” मुलकमा यो अवस्था आउन नदिनका लागि बलियो राष्ट्रवादी शक्तिको आवश्यकता रहेको उनको भनाइ थियो । 

अध्यक्ष थापाले राप्रपा प्रजातान्त्रिकसँग पार्टी एकताका लागि कुरा भइरहेको भन्दै अघिल्ला पटकको जस्तो छोटो समयमा विभाजन हुने गरी नभई अबको एकता दीर्घकालीन हुने बताए । 
एक फरक प्रसंगमा नेता थापाले हिन्दू राष्ट्रको विषयलाई लिएर राप्रपा सशक्त रुपमा अघि बढ्ने छ भने  

अध्यक्ष थापाले भने, अब कहिले नफुट्ने गरी विभाजित शक्तिहरुसँग एकता हुन लागेको बताए । 

जनसंर्घषको पूर्वतयारीका लागि अगामी असार २८ गतेबाट अभियान सञ्चालन गर्ने जानकारी दिए । साथै आगागी असोज मसान्तसम्म हिन्दूराष्ट्र पुनःस्थापना जनजागरण अभियान सञ्चालन गर्ने थापाको भनाइ छ ।

विगतका गल्ती स्वीकार्दै थापाले राप्रपा नेपाल र राप्रपाबीचको एकता आवश्यक भएको बताए । त्यस्तै हिन्दूराष्ट्र पुनःस्थापनाका लागि पार्टीले जनसंर्घषका कार्यक्रम अघि बढाउने समेत उनmे बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?