काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताले चेतनाको राजनीति गर्नेलाई चुनावमा छान्नुपर्ने बताएका छन् । कास्कीमा आज कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उनले विदेशी अनुदान स्वीकार गर्दा मागेर देश चलाएको भन्नेहरूका छोराछोरी पहिले नै अमेरिकालगायत देश गइसकेको टिप्पणी समेत गरेका छन्।
महामन्त्री थापाले माले, मण्डले र मसालेहरू एकै प्रवृत्तिको भएको आरोप लगाउँदै उनीहरूले उत्तेजनाको राजनीति गरिरहेको पनि बताएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया