केन्द्रीय कमिटी बैठकमा प्रचण्डले ब्रिफिङ गर्ने

लोकपथ
91
Shares

काठमाडौं । आजबाट सुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ब्रिफिङ गर्ने एजेण्डा तय भएको छ ।

राष्ट्रिय सभा गृहमा जारी बैठकमा पार्टी अध्यक्ष प्रचण्डले ब्रिफिङ लगायतका ६ वटा एजेण्डाहरु तय भएका छन् ।

बैठकमा श्रद्धान्जली सभा, अध्यक्षबाट रिपोटिङ, पार्टी संगठन निर्माण लगायतका एजेण्डाहरु तय गरिएको बैठकमा उपस्थित माओवादी केन्द्रका एक सदस्यले जानकारी दिए ।

प्रतिनिधि सभाबाट अमेरिकी सहयोग परियोजना ९एमसीसी० अनुमोदन भएसँगै माओवादी केन्द्रभित्र विवाद चुलिएको छ । केन्द्रीय कमिटी बैठकमा एमसीसीबारे पनि छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?