काठमाडौं । काठमाडौंको नयाँ बजारस्थित समृद्ध फार्मेसीका सञ्चालकलाई प्रहरी हुँ भन्दै डरधम्की देखाएर लुटपाट गर्ने ८ जनाको गिरोह प्रकाउ परेको छ ।
फागुन १२ साँझ साढे ७ बजे समृद्ध फार्मेसीका सञ्चालक राजेन्द्र साँकीलाई आफूहरु प्रहरी भएको र अवैध औषधि बिक्रीवितरण गरेको भन्दै आएका उक्त समूहले विभिन्न धनमालसहित नगद समेत चोरेको थियो ।
प्रहरी बताउँदै खानतलासी गर्ने भनी साँकीलाई नियन्त्रणमा लिई पसलको काउन्टरबाट नगदसहित उनको साथबाट मोबाइल घढीसहित विभिन्न बैंक तथा वित्तीय संस्थाको एटीएमबाट ६५ हजार नगद समेत चोरेको प्रहरीले जनाएको छ ।
उक्त घटनामा संलग्न रही पक्राउ पर्नेहरुमा जुम्लाका देवीप्रसाद धिताल, धादिङका शंकर रेग्मी, डँडेल्धुराका हिक्मत महता, कञ्चनपुरका सुवाष रतोकी, कञ्चनपुरकै मिलन बोहरा, पाँचथरका लिम्बु भन्ने भविन्द्र बेगा, दैलेखका जीवन भन्ने योगेन्द्र बहादुर चन्द र भिटेन, संगित थापा भन्ने कमल सुनार रहेको अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार उनीहरुले फार्मेशी सञ्चालक साँकीको नाममा रहेको ग्लोबल आइएमी बैंकको एटीएमबाट १० हजार, कुमारी बैंकको खाताबाट १७००, स्टार सेभिङ एन्ड क्रेडिटको अपरेटिभको खाताबाट ३५०० र फार्मेसीको काउन्टर गरी ६५ हजार लुटापाट गरेका छन् । उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया