ललितपुर । ललितपुरको ग्वार्कोमा बिहीबार बेलुकी स्कुटरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट घर भई ललितपुरकै बालकुमारी बस्ने ६ वर्षीया अनुस्का जैसवाल रहेकी छिन् ।
बिहीबार बेलुकी ७ बजे पैदल हिँडिरहेकी उनलाई नम्बर नखुलेको स्कुटरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा राति पौने १२ बजे मृत्यु भएको हो ।
दुर्घटनापश्चात् फरार भएका स्कुटरसहित चालकको खोजी भइरहेको प्रहरी प्रभाग मंगलबजारले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया