कुन देशको मुद्राको भाउ कति ? (विवरणसहित)

लोकपथ
221
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ १६ पैसा र बिक्रीदर १२१ रुपैयाँ ७६ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ९९ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ १४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९४ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिददर १३१ रुपैयाँ ७२ पैसा र बिक्री दर १३२ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ५० पैसा र बिक्री दर ८८ रुपैयाँ ९४ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ४१ पैसा छ ।

जापानी येन १० को खरिददर नेपाली १० रुपैयाँ ४७ पैसा र बिक्रीदर १० रुपैयाँ ५२ पैसा छ भने चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ १७ पैसा र बिक्रीदर १९ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ २९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४५ पैसा छ भने कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ९४ पैसा छ भने बिक्रीदर २९ रुपैयाँ आठ पैसा रहेको छ भने कोरियन वन १०० को खरिददर १० रुपैयाँ तिन पैसा र बिक्रीदर १० रुपैयाँ आठ पैसा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?