सूर्या लाइफ इन्स्योरेन्सद्वारा स्वास्थ्य शिविर सञ्चालन

लोकपथ
104
Shares

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले शिवरात्रीको अवसरमा भक्तजनहरुको सहयोगर्थ हेल्थ सर्भिस नेपालसँगको सहकार्यमा पशुपति क्षेत्रभित्र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

उक्त शिविरबाट भक्तजनहरुलाई एम्बुलेन्स सहितको आकस्मिक स्वास्थ सेवा प्रदान गर्नुको साथै निःशुल्क दन्त परीक्षण, स्वास्थ परिक्षण गर्नुको साथै औषधी वितरण गरिएको कम्पनीले जनाएको छ ।

हेल्थ सर्भिस नेपालका ३० जना स्वास्थ्य सेवाकर्मीको सहयोगमा सञ्चालन गरिएको उक्त शिविरमा पानी र जुस वितरण गर्नुका साथै नेपाल रेडक्रस सोसाइटीको सहकार्यामा रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतय शिविरबाट भक्तजनहरुलाई सेवा पर्‍यउन सकेकोमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले खुसी व्यक्त गरे ।

सूर्या लाइफ इन्स्योरेन्सले विभिन्न समयमा यस्ता किसिमका शिविरहरु सञ्चालन गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?