‘विद्यार्थीको क्षमता बढाउन जरुरी’

लोकपथ
14
Shares

बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विद्यार्थीको क्षमता बढाउन जरुरी रहेको बताएका छन् । उनले महाभारत गाउँपालिकामा एशियाली विकास बैंक (एडिबी)को सहयोगमा निर्माण हुने तीन विद्यालयको सात भवनको संयुक्त शिलान्यास कार्यक्रमलाई बिहीबार घर्तीछापमा सम्बोधन गर्दै विषयगत रूपमा विद्यार्थीको क्षमतामा वृद्धि गराए मात्र अपेक्षित लाभ हासिल गर्न सकिने बताएका हुन् ।

“तपाईँ शिक्षकहरू पूरानै ढर्रामा होइन, आफू पनि अध्ययन गरेर बदलिँदो प्रविधिको विकासका आधारमा विद्यार्थीलाई पढाउनुस् उनीहरुको क्षमता वृद्धि हुन्छ र एक क्षमतावान् नागरिक बन्दछ”, उनले भने । उनले राम्रा विद्यालय भवन र कक्षाकोठाले पढाउने नभई शिक्षक असल र क्षमतावान् भए चौरमा पनि राम्रो शिक्षण हुने बताए ।

मुख्यमन्त्री पाण्डेले गुणस्तरीयताका लागि व्यवस्थापन समितिका पदाधिकारीलाई विद्यालय भवन निर्माण सम्पन्न नहुञ्जेल छेऊमै ‘पाल टाँगेर बस्न निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?