अब एक लिटर पेट्रोल किन्न १५० रुपैयाँ पर्ने

लोकपथ
84
Shares

अब एक लिटर पेट्रोल किन्न १५० रुपैयाँ तिर्नुपर्ने भएको छ । नेपाल आयल निगमले बुधबार एकैपटक पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएर प्रतिलिटर १५० रुपैयाँ पुर्याएको छ ।
यस्तै डिजेल र मट्टितेलको मूल्य पनि ५ रुपैयाँ वृद्धि भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी बढोतरी भइरहेको सन्दर्भमा निगमलाई प्राप्त मूल्यसूचीको आधारमा हाल प्रचलनमा रहेको पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअनुसार मूल्य वृद्धि गरिएको निगमको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?