“दम मारो दम ,मिट जाय गम, बोलो सुबहो शाम हरे कृष्णा हरे राम” बोलको संगीतले नेपाल चिनाउने संगीतकार

काठमाडौ : ७०को दशकमा “हरे रामा हरे कृष्णा”नाम गरेको हिन्दी सिनेमाको लोकप्रिय गीत “दम मारो दम ,मिट जाय गम, बोलो सुबहो शाम हरे कृष्णा हरे राम”को कर्णप्रिय संगीतले भारतभर र

भारत बाहिरका हिन्दी भाषीहरू माझ नेपाल चिनाउन ठूलो भूमिका खेलेको पाइन्छ ।

देवानन्द , जीनत अमान र प्रेम चोपडा जस्ता भारतका चर्चित अभिनेता अभिननीति यो फिल्मको यो लोकप्रिय गीतको संगीत बनाउने काम आरडी बर्मनले गरेका थिए ।

यो सिनेमाका छायाँकनहरू काठमाडौ र वरिपरिका क्षेत्रमा गरिएको थियो । संगीतको लोकप्रियताले नेपाललाई बढी भन्दा बढी दर्शकमाझ पु-याउन योगदान गरेको थियो ।

संगीतकै विरासत बोकेकाका भारतका संगीतकार आरडी बर्मनले संगीतको परम्परालाई भंग गरेको आरोप खेप्नु प-यो । हिन्दी सिनेमा क्षेत्रमा राहुल देव बर्मनको संक्षिप्त आरडी बर्मनलाई पञ्चम दाको उपनामले चिनिन्छि ।

बीसौं शताब्दीको ६०को दशकमा लोक एवं शास्त्रीय संगीतको अभ्यस्त समाजमा नया शैली र युवा संवेदनलाई समातेर लोकप्रिय संगीतको नयाँ चरणको शुरूवात गर्ने संगीतकारको रूपमा पञ्चमलाई मानिन्छ ।

उनका पिता पनि हिन्दी सिनेमा र संगीत क्षेत्रका  लोकप्रिय र ख्यातिप्राप्त संगीतकार एडी बर्मन हुन् । संगीतको विरासतमा पाए भन्दा अतिशयोक्ति नहोला । 

बाउको बिँडो थामे पनि बाटो भने आफ्नो कोर्ने भित्र भित्र संकल्प लिएका आरडीले हिन्दी सिनेमाको संगीतलाई एक नयाँ ट्रेन्ड दिए ।

संगीतमा नयाँ नयाँ प्रयोग गर्ने संगीतकारको रूपमा पनि आरडीलाई लिइन्छ ।

संगीतमा देखिएका परिवर्तनको शृंखलालाई एक शृंखलाबद्ध गर्ने प्रयास गरिए सन् १९४१मा खजाञ्जी फिल्ममा मास्टर गुलाम हैदर, शंकर जयकिशनले १९४९मा बरसातमा, १९५७मा ओपी नैय्यर,

१९६६मा आरडी बर्मनले तीसरी मञ्जिल एवं १९७१मा हरे रामा हरे कृष्णामा र १९९४मा रोजा फिल्मबाबट एआर रहमानलाई नयाँ बाटो अँगाल्ने संगीतकारहरूको शृंखलामा जोडन सकिने छ ।

उनको सफलता त्यतिखेर भयो जतिखेर उनका पिता एडी बर्मन पनि हिन्दी सिनेमा क्षेत्रका लोकप्रिय संगीतकार थिए । आफैमा यो चानचुने कुरो नभएका यसका विज्ञहरूको बुझाइ छ ।

सन् १९६१देखि १९७०को दशकमा आरडी बर्मनले तीसरी मञ्जिल, बहारों के सपने, पडोसन, प्यार का मौसम र कटी पतंगमा दिएका संगीतले व्यापक चर्चा पाए ।

बाउ एसडीको लोकप्रियता भन्दा धेरै टाढा छोरो बर्मनको हुन पुग्यो ।

१९७० पछिका सार्थक फिल्महरू उनका संगीतले धूम मचाएका हिन्दी सिनेमाहरूमा अमर प्रेम, बुढ्ढा मिल गया, कारवाँ, हरे रामा हरे कृष्णा, पराया दन, जवानी दिवानी, परिचय, रामपुरका लक्ष्मण,

अनामिका, हीरा पन्ना, यादो की बारात, आपकी कसम, आँधी, खुश्वु, खेल खेल मे, आँचल, खुबसुरत, सितारा, कुदरत, लव स्टोरी, राकी, सनम तेरी कसम, आमने सामने, मासूम, अगर तुम न होते,

बेताब, सनी, मञ्जिल मञ्जिल, सागर, इजजात, लिवास र १९९३को  १९४२ ए लव स्टोरी जस्ता हिन्दी सिनेमा रहेका छन् ।

(एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?