भोलिलाई तय एनएसएल अक्सन स्थगित

लोकपथ
42
Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि भोलि हुने तय भएको अक्सन रोकिने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी र असन्तुष्ट ८ क्लबबीच शुक्रबार बसेको बैठकले स्थगित गर्न एनएसएलको आयोजक नेपाल स्पार्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालीलाई पत्र काटेएको स्रोतले जानकारी दिएको छ ।

आफूहरूसँग अनुबन्ध भएका खेलाडी धमाधम एनएसएलले करार गर्न थालेको र आफ्नो क्लबबाट दर्ता रहेका खेलाडीलाई समावेश गरेर अक्सन गर्ने कुराप्रति सहिद स्मारक ए डिभिजन लिग च्याम्पिनयन मछिन्द्र क्लबसहित आठ क्लबले गम्भीर ध्यानाकर्षण गराउँदै आएको थियो ।

असन्तुष्ट क्लबले दुई पटक बिज्ञपति निकाल्दै अक्सन रोक्न माग गरेको थियो ।

स्रोतका अनुसार सबै समस्याका समाधान भएपछी मात्रै अक्सन मिति तय हुनेछ । बैठकमा एन्फा अध्यक्ष भने उपस्थित रहेनन् । यस पटक एनएसएलमा १० क्लब रहनेछन् । पहिलो संस्करणमा सात टोली रहदा दोस्रो संस्करणमा तीन टोली थप गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?