ललितपुरमा ९ वर्षीया बालिका र झापामा १५ वर्षीया किशोरी बलात्कृत

लोकपथ
286
Shares

काठमाडौं । ललितपुरमा ९ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई बलात्कार गरेको आरोपमा कोञ्ज्योसोम गाउँपालिका–२ शंखु बस्ने २८ वर्षीय सन्तमान थोकरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

थोकरले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोञ्ज्योसोमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै, झापामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरीलाई बलात्कार गरेको आरोपमा भद्रपुर नगरपालिका–४ करेला चोक बस्ने १९ वर्षीय रमेश लिम्बुलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लिम्बुले ती किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?