नेपाली कांग्रेस कैलालीको सभापतिमा नारायणदत्त भट्ट विजयी

लोकपथ
238
Shares

काठमाडौं । नेपाली कांग्रेस कैलालीको सभापति पदमा नारायणदत्त भट्ट विजयी भएका छन् । बिहीबार भएको दोस्रो चरणमा भएको मतदानमा प्रतिस्पर्धी प्रकाश बमलाई पराजित गर्दै उनी सभापतिमा विजयी भएका हुन् ।

बिहीबार साँझ सार्वजनिक मतपरिणाम अनुसार सभापति भट्टले एक हजार तीन सय ५९ मत प्राप्त गरेका थिए । उनका प्रतिद्धन्दी बमले एक हजार ५६ मत प्राप्त गरेका छन् ।

यसअघि भएको पहिलो चरणको मतपरिणाममा बमले बढी मत प्राप्त गरेका थिए । पहिलो चरणको मतदानमा बमले एक हजार एक सय ६९ मत प्राप्त गरेका थिए भने नारायणदत्त भट्टले एक हजार ७२ र संस्थापन इतरका सभापतिका उम्मेदवार रामबहादुर कलेलले एक सय ९७ मत प्राप्त गरेका थिए । कुल मतमध्ये एक सय चार मत बदर भएको थियो ।

सभापति पदमा निर्वाचित भट्ट जनयुद्वका घाइते व्यक्ति हुन् । विद्यार्थी कालबाट पार्टीभित्र राजनीति गरेका उनी जिल्लाका पूर्व उपसभापति हुन् । उनलाई पार्टी सभापति शेरबहादुर देउवासंगै केन्द्रिय सदस्यहरुको समर्थन रहेको थियो ।

दोस्रो चरणको मतदानमा दुई हजार चार सय ६७ मत खसेको थियो । पहिलो चरणको तुलनामा दोस्रो चरणमा १९ मत कम खसेको छ । कैलाली उद्योग वाणिज्यको सभाहलमा दोस्रो चरणको मतदान भएको थियो ।

पाँच वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा सबैभन्दा बढी सबैभन्दा बढी निर्वाचन क्षेत्र नम्बर ४ बाट खसेको छ । सो निर्वाचन क्षेत्रमा पाँच सय ४२ मत खसेको ।
यस्तै, निर्वाचन क्षेत्र नम्बर ५ बाट पाँच सय ३३, निर्वाचन क्षेत्र नम्बर ३ बा चार सय ८९, निर्वाचन क्षेत्र नम्बर १ बाट चार सय ५७ र निर्वाचन क्षेत्र नम्बर २ बाट चार सय ४६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका संयोजक टेकप्रसाद सुवेदीका अनुसार निर्वाचन क्षेत्र नम्बर एक बाट ४७, दुई बाट ४३, तीनबाट १५, चारबाट ७ र पाँचबाट ३ मतदाता अनुपस्थित रहेका थिए ।

उपसभापति प्रकाश वम र पूर्व उपसभापति नारायण दत्त भट्टबीच कडा प्रतिष्पर्धा भएको थियो । संस्थापनका दुई समुह प्रतिष्पर्धामा रहेको बेला संस्थापनईतर समुह पनि दुई धारमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?