कोरोना अपडेट : निरन्तर घट्दै संक्रमणदर, यस्तो छ पछिल्लो तथ्यांक

लोकपथ
294
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९२४ जनामा कोरोना परीक्षण गर्दा सो संक्रमित थपिएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा ३२० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये हालसम्म ९ लाख ५७ हजार ८०८ जना कोरोनामुक्त भएका छन् ।

यो अवधिमा कोरोना संक्रमणबाट ३ जनाको मृत्‍यु भएको छ । पछिल्लो समय कोरोना संक्रमित घट्दै गएका छन् भने हाल देशभर ७ हजार ५१७ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?