फाइनान्सहरुको कुल चुक्ता पुँजी १३ अर्ब ७१ करोड पुग्यो, आईसीएफसीलाई मञ्जुश्रीले उछिन्यो

लोकपथ
403
Shares

काठमाडौं । फाइनान्स कम्पनीहरुको कुल चुक्ता पुँजी १३ अर्ब ७१ करोड ३० लाख रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरुले चाललू आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिसम्ममा उक्त परिमाणमा चुक्ता पुँजी कायम गरेका हुन् ।

उक्त चुक्ता पुँजीमध्येमा सबैभन्दा बढी चुक्ता पुँजीभने मञ्जुश्री फाइनान्सको पुगेको छ । यसअघि आईसीएफसी फाइनान्सको चुक्ता पुँजी सबैभन्दा बढी रहेकोमा चालू आवको दोस्रो त्रैमासिक अवधिसम्म आइपुग्दा मञ्जुश्रीले आईसीएफसीलाई उछिन्न सफल भएको छ ।

चालु आवको दोस्रो त्रैमासमा मञ्जुश्रीले एक अर्ब ३५ करोड १५ लाख ५३ हजार रुपैयाँ चुक्ता पुँजी कायम गर्दा आईसीएफसी फाइनान्सले एक अर्ब १२ करोड ७१ लाख १५ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । पोखरा फाइनान्सले भने चालू आवको दोस्रो त्रैमासमा एक अर्ब चार करोड नौ लाख १९ हजार रुपैयाँ चुक्ता पुँजी कायम गर्दा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले ९५ करोड ८६ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी पुर्याएको छ । चालु आवको दोस्रो त्रैमासिक अवधिसम्ममा गुडविल, सेन्ट्रल र गोर्खाज फाईनान्सहरुले भने क्रमशः ९४ करोड ६१ लाख १५ हजार, ८८ करोड १० लाख ३५ हजार र ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।

गुहेश्वरी मर्चेन्ट, बेष्ट र प्रोग्रोसिभ फाईनान्सले भने पछिल्लो अवधिसम्ममा क्रमशः ८६ करोड ४० लाख, ८२ करोड ८९ लाख १३ हजार र ८० करोड एक लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । जानकी, समृद्धि, नेपाल र मल्टीपर्पस फाईनान्सले भने पछिल्लो अवधिमा क्रमशः ६० करोड चार लाख ११ हजार, ५४ करोड ५९ लाख ४१ हजार, ४९ करोड ३४ लाख ९६ हजार र ४० करोड रुपैयाँ चुक्ता पुंजी कायम गर्न सफल भएका छन् ।

यस्तो छ, फाईनान्स कम्पनीहरुको चुक्ता पुँजी सम्वन्धी पछिल्लो बिवरण (रकम रु हजारमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?