घरजग्गा कारोबार गर्न तीनै तहका सरकारसँग स्पष्ट नीति नै छैन : इच्छाबहादुर वाग्ले

लोकपथ
133
Shares

काठमाडौं । घरजग्गा कारोबार गर्न तीनै तहका सरकारसँग स्पष्ट नीति नभएको घरजग्गा व्यवसायीहरुले बताएका छन् ।

घरजग्गा व्यवसायीहरुले घरजग्गाको पल्टिङ भन्दा केही घरजग्गाको विषयमा ज्ञान नभएकाले पनि व्यवसाय सुरु गरेकाले नीतिगत रुपमा समेत समस्या आएको बताएका छन् ।

घरजग्गा कारोबारमा नीतिगत अस्पष्टताका कारण व्यवसायीलाई नीतिगत रुपमा चलाउन नसक्नु सरकारको कमजोरी भएको बताएका छन् ।

व्यवसायीहरुले सरकारको नीतिगत कमजोरीको कारण घरजग्गाको कुनै जानकारी नभएकाको हातमा पुगेको व्यवसायीहरुको आरोप छ ।

नेपाल जग्गा तथा आवास विकास संघ (एनएलएचडीए)का अध्यक्ष इच्छाबहादुर वाग्लेले घरजग्गा कारोबारको लागि तीनै तहका सरकारसँग स्पष्ट नीतिगत व्यवस्था नभएको बताएका छन् । वाग्लेले घरजग्गा कारोबारको लागि तीनै तहका सरकारसँग स्पष्ट नीति नभएको बताएका हुन् ।

उनले सरकारसँग स्पष्ट नीति नभएको कारण घरजग्गाको कारोबार योजना अनुसार हुन नसकेको बताए । सरकारले पुरानै शैलीमा काम गरेकाले घरजग्गाको मूल्य उच्च भएको अध्यक्ष वाग्लले बताए ।

उनले निजी क्षेत्रलाई योजना बनाउन दिएर काम गर्न दिए घरजग्गाको मूल्यवृद्धि २० प्रतिशतभन्दा नजाने दाबी गरे। घरजग्गा कारोबार कुनै जानकारी नभएकाले पनि गर्न थालेकाले अव्यवस्थित रुपमा हुने पल्टिङ रोक्नको लागि सरकारले एकद्वार प्रणालीमा ल्याएर नियमनकारी निकाय खडा गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने,‘ घरजग्गा कारोबारको लागि कन्द्रिय सरकार तथा स्थानीय तहका सरकारहरुसँग स्पष्ट नीति छैन । स्पष्ट नीति भएपछि व्यवसायीहरुले नीतिअनुसार काम गर्छ । अहिले कुनै योजना बनाएर रियल स्टेर्ड हाउजिङहरु काम गरेकै छैन । म अध्यक्ष भएको नाताले पनि के भन्छु भने नयाँ योजना कुन गरेको छ । कस्ले गरेको छ । अहिले काठमाडौं सहरको रुपरेखा अलि हाउजिङजस्तो देखिने निजी क्षेत्रले गरेको हो । सरकारले मैले बनाएको भन्ने ठाउँ छैन । नयाँ के बन्यो । तीन–चारवटा डेभलपरले काम गरिरहेको छ । उहाँहरुले पुराना योजनाहरुलाई क्याच गर्नुभएको छ । नयाँ त बनाएको छैन । २२ देखि २५ वटा योजना एकै पटक निकाल्ने हो भने त बजारमा जग्गाको मूल्य किन यसरी उच्च हुन्छ । त्यहीभित्र प्रतिस्पर्धा हुन्छ। मूल्य बढ्ने भनेको १० देखि २० प्रतिशत बढ्ने हो । अहिले चोरी कित्ताकाट भएका भिरपाखाका जग्गाहरु उहाँहरुले नै मूल्य निर्धारण गर्नुभएको छ जसलाई त्यसको ज्ञान छैन । नेपालमा योभन्दा अगाडि हाम्रो जमिनमा व्यापारिक कम्प्लेक्स बनाएर कति उपलब्धि कति वर्षमा हासिल हुन्छ । त्यो जमिनको मूल्य कति हाल्नुपर्ने कन्टक्सनमा कति खर्च हुने मूल्यांकन हुन्छ । त्यो मूल्यांकनमा नेपालको जमिनले म्याज गर्दैन । त्यो आउट अफ ट्याकमा गइसकेको छ । नीतिगत अस्पष्टता, व्यवसायीलाई ठिक ढङ्गले राख्दा नसक्नु सरकारको कमजोरीले गर्दा नजान्नेको हातमा घरजग्गाको व्यापार अहिले पुगेको छ । केही कुरा जाने न भने पनि उसले जग्गा पल्टिङ गर्न जानेको छ । यो रोक्नको लागि सरकारले एकद्वार प्रणालीमा ल्याएर नियमनकारी निकाय खडा गर्नुपर्छ ।’

अध्यक्ष वाग्लेले पछिल्लो समय घरजग्गा कारोबार नियमन गर्ने निकायले इर्षा गरेर घरजग्गा कारोबार विस्तापित गर्न खोजेको आरोप लगाए । उनले नाफा धेरै कमाएको देखेर सरकारको नियमनकारी निकायको नै आँखा लाग्न थालेको बताए । अध्यक्ष वाग्लेले घरजग्गा कारोबारमा लगानी पनि ठूलो लाग्ने भएकाले आम्दानी पनि बढी हुने गरेको स्वीकार गरे ।

उनले घरजग्गा व्यवसायीले प्राडो गाडी चढेर हिड्ने हामी सरकार सन्चालन गर्ने, मुलुकको राष्ट्र चलाउने केही छैन भनेर इर्षा भएकाले कारोबारमा कडाइ गरिएको दाबी गरे । सरकारले घरजग्गा कारोबारलाई विस्तापित गर्ने दृष्टिकोणले हेरेको उल्लेख गरे ।

त्यस्तै वाग्लेले घरजग्गामा बैंकहरुको धेरै लगानी रहेकाले कारोबारमा कडाई गर्दा व्यवसायी मात्रै नभएर बैंकहरु पनि ढुब्ने बताए । उनले बैंकहरु आफैँले ८ प्रतिशतमा झरेको ब्याजदर बढाएर १० प्रतिशतभन्दा माथि पुर्‍यउदा व्यवसायीलाई समस्या भएको उल्लेख गरे।

बैंकहरु पछिल्लो समय नाफा कमाउन मात्रै काम गर्न लागेको आरोप अध्यक्ष वाग्लले लगाए । उनले बैंकहरुले वार्षिक रुपमा ५ अर्ब नाफा गरेर व्यवसायी मार्ने काम गरेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?