एसईईको परीक्षाफलमा भएको लापरबाही प्रति नेविसंघको ध्यानाकर्षण

काठमाडौं । गत शनिबार प्रकाशित भएको माध्यमिक शिक्षा (एसईई)को परिक्षा फलप्रति त्रुटी भएको भन्दै नेपाल विद्यार्थी संघले ध्यानाकर्षण भएको बताएको छ । 

नेवि संघका महामन्त्री कुन्दनराज काफ्ले एसईईको परीक्षाफल जस्तो सम्बेदनशील विषयमा राष्ट्रिय परीक्षा बोर्डले गरेको लापरबाही प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । 

शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापन पत्र बझाउँदै महामन्त्री काफ्लेले नेपाल सरकार, शिक्षा मन्त्रालय र मातहातका निकाय गैर जिम्मेवारी समेत भएको बताएका छन् । 

शिक्षा मन्त्रालय, मातहतका निकाय र मन्त्रालयको नेतृत्व गरेका मन्त्री पोखरेलको कार्य क्षमतामाथि समेत प्रश्न खडा भएको छ । लाखौं विद्यार्थीको भविष्यमाथी खेलवाड गर्ने गरी एसईई परीक्षाको नतिजामा भएको त्रुटिको यथाशीघ्र सत्यतथ्य छानबिन गरी दोषी परीक्षा बोर्डका पदाधिकारी र कार्यालयका कर्मचारीहरुलाई तत्काल निलम्बन गरी हदैसम्मको कारबाही गर्न नेवि संघले जोडदार माग गरेको छ । 

त्यस्तै केन्द्रीय सदस्य शुशिल भट्टले नेवि संघ अब राजनैतीकसँगै शैक्षिक आन्दोलनमा पनि रचनात्मक ठंगले उत्रने बताए । 

कार्यक्रममा नेवि संघका उपाध्यक्षद्वय राम प्रसाद अधिकारी, नविन राई र केन्द्रीय सदस्यहरु रत्न हरि ढुंगेल, प्रकास सेढाइ, आर सी भट्टराई, ममता महत्तो र शैलेन्द्र शर्मा गौडेलको उपस्थिति रहेको थियो । 

त्यसैगरी विद्यार्थी नेताहरु निरञ्जन थापा, विपिन अधिकारी, डुजाङ शेर्पा, स्वेच्छा उप्रेती, पवन थापा, हरि आर्चाय, सुवाष घिमिरे, सान्त शिवाकोटी र सन्तोष गुरुङ लगायत विद्यार्थी नेताहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?