काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक सकिएको छ ।
प्रतिनिधिसभाबाट एमसीसी पारित भएपछिको यो गठबन्धनको पहिलो बैठक हो । आजको बैठकमा एमसीसीका विषयमा समीक्षा र स्थानीय तहको निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा छलफल भएको एक नेताले बताए ।
ती नेताका अनुसार आगामी निर्वाचनसम्म गठबन्धन रहने विषयमा छलफल भएको र निर्वाचनमा तालमेल गरेर जाने वा नजाने भन्ने विषयमा भने पुनः छलफल गरिनेछ ।
गठबन्धनमा आबद्ध सबै राजनीतिक दलले त्यसबारेमा छलफल गरेर अघि बढ्ने बारेमा छलफल भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया