काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधी नेताहरुसँग भेटघाटलाई तिव्रता दिएका छन् ।
बुधबारबाट सुरु भएको भेटघाटलाई बिहीबार (आज) पनि जारी राखेका छन् । बुधबार माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनाल र नेपाल किसान मजदुर पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग भेटघाट गरेका थिए । तीनै नेताहरु जो एमसीसीका विपक्षमा मत राख्दै आएका छन् ।
त्यस्तै आज बिहान विप्लवसहित उनको पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ एमाले नेता डा. भीम रावलसँग भेटघाट गरेका छन् । बिहान रावल निवासमा भएको भेटघाटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रमसहित एमसीसीका विषयमा समेत कुरा भएको थियो ।
लामो समयदेखि नेता रावलले एमसीसीको विरोध गर्दै आइरहेका छन् । त्यसो त आइतबार प्रतिनिधि सभाबाट एमसीसीबारे छलफल हुँदा उनको दलका अन्य सांसदहरु विरोधमा उत्रिइरहँदा उनी भने एमसीसीको विरोध गर्दै भाषण गरेका थिए ।
यता १२ बुँदे व्याख्यात्मक विश्लेषणसहित एमसीसी पास गर्ने पक्षमा माओवादी केन्द्र र एकीकृत समाजवादी सहमत भए पनि नेताहरु श्रेष्ठ र खनाल भने त्यसको विरुद्धमा लागेका थिए । भने बिजुक्छेको पार्टी नेमकिपाका सांसद प्रेम सुवाल भने निरन्तर एमसीसीको विपक्ष थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया