सुनको मूल्य एक लाख नजिक

लोकपथ
390
Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेको छ । बिहीबारका लागि चाँदी प्रतितोला एक हजार ३ सय ८० रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?