काठमाडौं । स्वयम्भु गैंरीगाँउमा गुण्डाहरुको आक्रमणबाट महानगरीय प्रहरी बृत्त स्वयम्भुमा कार्यरत असई सन्तोष प्रधान र जवान श्रीकृष्ण राना सख्त घाइते भएका छन् ।
गत सोमवार राति डिउडीमा रहेको अवस्थामा सुनिकल नगरकोटी लगायतका पाँच÷सातजना गुण्डाहरुको समूहले उनीहरुमाथि ईटा र लाठी प्रहार गरी आक्रमण गरेका थिए ।
गुण्डा समूहको आक्रमणबाट सिपाही राना सख्त घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । रातिको समयमा मदिरा सेवन गरी हो–हल्ला गरिरहेको सूचनाका आधारमा असई प्रधान र जवान राना गैरी गाँउ पुगेका थिए ।
हो–हल्ला गरिरहेको अवस्थामा प्रहरीले सम्झाई बुझाइ गर्दा उनीहरुले उल्टै एक्कासी आक्रमण गरेको भनाई घाइते प्रहरीको छ । डिउटीमा रहेका सुरक्षाकर्मीमाथि आक्रमण गर्ने मध्ये सुनिल नगरकोटी पक्राउ परेका छन् ।
अन्य अभियुक्तहरु फरार छन् । घाइते प्रहरी कर्मचारीले आक्रमणकारी गुण्डाहरुलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेका छन् । तर, महानगरीय प्रहरी बृत्तले भने खासै चाँसो नदिएको गुनासो उनीहरुको छ ।
प्रहरीमाथि आक्रमण गर्ने यो समूह गैरीगाँउक्षेत्रमा गुण्डागर्दी, चन्दा अशुली, ब्यापारीहरुलाई धम्की देखाई रकम अशुल गर्न सक्रिय रहेको पाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया