फुटबलका यी महान हस्ती, जसलाई ‘गरिबी’ले कहिल्यै रोकेन

काठमाडौं । विश्वकै सर्वाधिक लोकप्रिय खेल फुटबलले यतिबेला पूरै विश्वको ध्यान आफूमा केन्द्रित गरेको छ ।

फुटबलकै कारण विश्वभर विख्यात कमाएका कैयन् खेलाडीले खेलको जादुबाट करोडौं फ्यान कमाएका छन् । ब्राजिलका पेले, रोनाल्डो, रोनाल्डिन्हो, नेयमार मेस्सी, पेले, इङ्ल्याण्डका डेबिड बेकहम, फ्रान्सका जिनेदिन जिदान, इङ्ल्याण्डका वाइन रोनी, लगायतका कैयन् खेलाडीलाई फुटबलको दुनियाँमा सर्वाधिक लोकप्रिय खेलाडी मान्ने गरिन्छ ।

फुटबलमार्फत विश्व हल्लाउन सफल यी हस्तीमध्ये धेरै त पहिलेदेखि नै आर्थिक रुपमा सबल थिए तर केही त्यस्ता खेलाडी छन्, जो बाल्यकालमा निकै निराशाजनक अवस्थाबाट संघर्ष गर्दै अगाडि बढ्नुपरेको थियो ।

फुटबलको विश्वमा ‘गड अफ फादर’ भनेर परिचित पेलेले मोजाको भकुण्डो बनाएर फुटबल खेल्न थालेका थिए । पेलेजस्तै म्याराडोना, क्रिस्टियानो रोनाल्डो र नेयमारको पनि निकै चाखलाग्दो संघर्षको कथा छ ।

पेले

पेले भन्छन्, ‘जीत हासिल गर्न जति गाह्रो हुन्छ त्यसको मज्जा उति नै हुन्छ ।’

ब्राजिलको विकट गाउँ टे«स कोराकोइसमा निम्न वर्गीय परिवारमा जन्मिएका पेले पाकेट खर्चका लागि चिया पसलमा काम गर्थे ।

उनका बुबा फुटबल खेलाडी थिए । शुरुमा बुबाले नै पेलेलाई फुटबल खेल्न सिकाएका थिए । तर, घरको स्थिति यस्तो थियो कि, फुटबल किन्ने पैसा नभएर पेलेले पुराना मोजाभित्र पत्रिका र कपडा कोचेर बल बनउँथे । र, सधै अभ्यास गर्ने गर्थे ।

उनका बुबा फुटबल खेलाडी थिए । शुरुमा बुबाले नै पेलेलाई फुटबल खेल्न सिकाएका थिए । तर, घरको स्थिति यस्तो थियो कि, फुटबल किन्ने पैसा नभएर पेलेले पुराना मोजाभित्र पत्रिका र कपडा कोचेर बल बनउँथे । र, सधै अभ्यास गर्ने गर्थे ।

पेलेको पारिवारिक हालत नाजुक थियो । उनलाई मनोरञ्जन र खेललाई समय दिनुभन्दा पनि बिहान बेलुकाको छाक टार्न गाह्रो थियो ।

पेलेको पारिवारिक स्थिति कमजोर भएपनि उनले आफ्नो ‘फुटबल सपना’ लाई भने कहिल्यै मर्न दिएनन् । परिवारको गर्जो टार्न उनी काममा पनि पुगेकै हुन्थे । समय हुनासाथ फुटबलका लागि समय निकाल्थे ।

फुटबलका जादुगर समेत मानिने एड्सन अरान्ते दो नासिमेन्ता (पेले)  फुटबल साम्राज्यमा ‘श्रीपेचविनाका सम्राट’ का रुपमा समेत परिचित छन् ।
अघोषित रूपमै विश्व फुटबलका सर्वस्वीकार्य शाश्वत आदर्श मानिने पेले एक मात्र खेलाडी हुन्, जसले १ हजार २ सय ८१ गोल गरेका छन् ।

उनले ब्राजिलबाट ४ पटक विश्वकप खेले, त्यसमध्ये तीनपटक ब्राजिल विजयी भयो । दुईपटक विश्वकपका सर्वश्रेष्ठ खेलाडी घोषित हुने आजसम्मकै एक मात्र खेलाडी हुन् पेले  । उनको सन्यासपछि ब्राजिलले चौथोपटक विश्वकप विजेता बन्न २४ वर्ष कुर्नुप–यो ।

पेलेसँग अहिले अकूत सम्पत्ति छ । उनी अनेक राष्ट्रिय एवम् बहुराष्ट्रिय कम्पनीका मालिक हुन् साथै विभिन्न कम्पनीका ‘ब्रान्ड एम्बेसडर’ पनि । 

म्याराडोना, अर्जेन्टिना

फुटबलकै दुनियाँमा म्याराडोना अर्का त्यस्ता खेलाडी हुन्, जसका प्रशंसक विश्वभरि नै छन् । उनीसँग अहिले नाम र दाम दुवै छ । उनको पनि बाल्यकाल गरिबीमै बितेको थियो ।

अर्जेन्टिनाको लानूस, ब्युनस आयर्सको निम्न वर्गीय परिवारमा जन्मेका म्याराडोनालाई केवल दश वर्षको हुँदा ठूला प्रतियोगिताहरूमा मध्यान्तरका बेला मैदानमा बोलाइन्थ्यो, जहाँ उनी आफ्नो फुटबल सन्तुलनको कला देखाएर दर्शकलाई मन्त्रमुग्ध पार्थे ।

कहिले खुट्टामा, कहिले टाउकामा, कहिले घुँडामा, ढाडमा, काँधमा अनि कहिले तिघ्रामा ! बल खस्न दिँदैनथे उनी ।

कहिले खुट्टामा, कहिले टाउकामा, कहिले घुँडामा, ढाडमा, काँधमा अनि कहिले तिघ्रामा ! बल खस्न दिँदैनथे उनी

दश वर्षे म्याराडोनाले पहिलोपटक टेलिभिजनले अन्तर्वार्ता लिँदा भनेका थिए – ‘राष्ट्रिय टोलीबाट खेल्दै विश्वकप उपाधि जित्नु मेरो सपना हो ।’ 

नभन्दै २६ वर्षको उमेरमा सन् १९८६ मा उनले झण्डै आफू एक्लैको भरमा अर्जेन्टिनालाई विश्वकप उपाधि जिताइ छाडे ।
रोडबाट करोडसम्म पुग्ने फुटबल खेलाडीमा उनी पनि पर्छन् । म्याराडोना अहिले पनि फुटबल र अर्जेन्टिनाका लागि पर्याय बनेका छन् ।

क्रिस्टियानो रोनाल्डो, पोर्चुगल 

बाल्यकालमा रोनाल्डोका पारिवारिक स्थिति अत्यन्तै नाजुक थियो । उनकी आमा अर्काको घरमा खाना बनाउने, सफाइ गर्ने गर्थिन्  । बाबुले माली काम गर्थे । पैसाका लागि रोनाल्डोका बाबुले फुटबल क्लबको चेन्जिङ कोठा पनि सफा गर्थे । उनको परिवार टिनको छानो भएको सानो घरमा अँटाएको थियो ।

के पनि भनिन्छ भने, बुबाले सफा गर्ने भएकाले उनलाई साथीहरुले फुटबल खेल्दासमेत गिज्याउँथे । तर, यस्ता कुरालाई रोनाल्डोले खासै महत्त्व दिएनन् । बरु आफू फुटबलका लागि जन्मेको महसुस गरे । र, निरन्तर फुटबलका लागि समय लगाए । दश वर्षदेखि नै उनी फूटबल खेल्न थालेका थिए ।

पोर्चुगल राष्ट्रिय टिमका कप्तानसमेत रहेका क्रिस्टियानो रोनाल्डो अहिले सर्वाधिक कमाउने खेलाडीमध्ये एक हुन् । उनी चर्चित फुटबल क्लब रियल म्याड्रिड फुटबल क्लबका स्ट्राइकर पनि हुन् ।
आजका सफल रोनाल्डोलाई बुबाले आफूले सफा गर्ने क्लबमा फुटबल खेल्न पठाएका थिए ।

के पनि भनिन्छ भने, बुबाले सफा गर्ने भएकाले उनलाई साथीहरुले फुटबल खेल्दासमेत गिज्याउँथे । तर, यस्ता कुरालाई रोनाल्डोले खासै महत्त्व दिएनन् । बरु आफू फुटबलका लागि जन्मेको महसुस गरे । र, निरन्तर फुटबलका लागि समय लगाए । दश वर्षदेखि नै उनी फूटबल खेल्न थालेका थिए ।

अहिले रोनाल्डो पोर्चुगल राष्ट्रिय फुटबल टोलीबाट सबैभन्दा धेरै खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।
फोब्र्सका अनुसार उनी सन् २०१६ र २०१७ मा सर्वाधिक बढी कमाउने खेलाडी पनि हुन् । तर, उनको चाहना यति मात्र होइन, इतिहासकै सर्वोत्कृष्ट खेलाडी बन्ने उनको सपना छ ।

नेयमार, ब्राजिल

समयमा पैसा तिर्न नसकेका कारण नेयमारको घरबाट बिजुली ‘कट’ हुन्थ्यो । मैनबत्ती बालेर बस्नुपर्ने अवस्था थियो घरमा ।
नेयमारका बुबा परिवार पाल्नका लागि तीन ठाउँमा काम गर्थे ।

बिहानदेखि बेलुकासम्म काममै व्यस्त भएका कारण आफ्नो छोराले खेलेको हेर्नसम्म पाएका थिएनन् उनले । अवस्था यतिसम्म नाजुक थियो, उनीहरु आफ्नो हजुरबुबासँग बसाइ सर्नुप–यो ।  एउटै कोठामा सबैजना कोचिएर सुत्थे ।

बिहानदेखि बेलुकासम्म काममै व्यस्त भएका कारण आफ्नो छोराले खेलेको हेर्नसम्म पाएका थिएनन् उनले । अवस्था यतिसम्म नाजुक थियो, उनीहरु आफ्नो हजुरबुबासँग बसाइ सर्नुप–यो । 

एउटै कोठामा सबैजना कोचिएर सुत्थे । राम्रो स्कुलमा भर्ना गर्ने हैसियत नभएकाले नेयमारलाई निम्न आर्थिक अवस्था भएका बालबालिका पढ्ने स्कुल पठाइयो ।  

फुटबल जगतका अर्का उदाउँदा खेलाडी नेयमार ब्राजिलमा पेलेपछि चर्चामा रहेका अर्का खेलाडी हुन् भने ब्राजिलका स्ट्राइकर समेत हुन् । १७ वर्षदेखि नै व्यावसायिक रुपमा फुटबल करियर शुरु गरे ।

१८ वर्षको उमेरदेखि नै उनले ब्राजिलको राष्ट्रिय टिमबाट फुटबल खेल्न थालेका हुन् । ब्राजिलका तर्फबाट ८७ खेलमा ५६ गोल गरेका उनलाई पेले र रोनाल्डो पछि ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडी नेयमार नै हुन् ।

गतवर्ष उनलाई पेरिस सेन्ट–जर्मन क्लबले २ सय २२ मिलियन डलर्समा किन्यो जसकारण उनी २०१७ सालका सर्वाधिक महङ्गा खेलाडीका रुपमा स्थापित भए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?