हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

लोकपथ
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम १२० रुपैयाँ ८३ पैसा र बिक्रीदर १२१ रुपैयाँ ४३ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५८ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ८४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६४ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिददर १३१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३२ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७० पैसा र बिक्रीदर ८८ रुपैयाँ १३ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ दुई पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ४९ पैसा छ ।

जापानी येन १० को खरिददर नेपाली १० रुपैयाँ ४९ पैसा र बिक्रीदर १० रुपैयाँ ५४ पैसा छ भने चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २३ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिरदर ३२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३७ पैसा छ भने कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९४ पैसा रहेको छ भने कोरियन वन १०० को खरिददर १० रुपैयाँ एक पैसा र बिक्री दर १० रुपैयाँ ६ पैसा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?