प्रदेश ५ को प्रदेशसभा बैठक कांग्रेसद्वारा बहिष्कार

बुटवल । प्रदेश ५ को प्रदेशसभा बैठक शुरु भएको छ । बजेट एकपक्षीय र असन्तुलित भएको भन्दै असन्तुष्टी जनाउँदै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको उपस्थितिबिनै बैठक शुरु भएको हो ।

बुधबार १२ बजे नै शुरु भएको प्रदेशसभा बैठकमा बोल्दै नेकपाका सांसदहरु भुमिश्वर ढकाल र दधिराम शर्माले बजेट राम्रो र उत्कृष्ट आएको दाबी गरेका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले सत्ता पक्षले वहुमतको आडमा प्रतिपक्षी दललाई अवमूल्यन गरी प्रतिपक्षबिनै संसद बैठक सुचारु गरेर संसदीय अभ्यासको खिल्ली उडाएको आरोप लगाए ।

प्रतिपक्षी दलले सबै जिल्ला र निर्वाचन क्षेत्रलाई समानुपातिक तरिकाले बजेट विनियोजन हुनुपर्ने जायज माग राख्दा पनि बेवास्ता र उपेक्षा गर्नुले सरकारको अधिनायकवादी चरित्र छर्लङ्ग भएको आरोप पोखरेलले लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?