काठमाडौं । काठमाडौंको बसन्तपुरस्थित ११० वर्ष पुरानो ऐतिहासिक गद्दी बैठकको पुनर्निर्माण सम्पन्न भएको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको गद्दी बैठक रेट्रोफिटिङ गरेर पुनर्निर्माण गएिको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान उद्घाटन गरेको गद्दी बैठक राजा पृथ्वी वीरविक्रम शाहको पालामा विक्रम संवस् १९६५ मा निर्माण भएको थियो ।
त्यसलाई पुनर्निर्माण गर्दै पुरानै स्वरुपमा फर्काइएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए ।
झण्डै डेढ वर्ष लगाएर निर्माण गरिएको गद्दी बैठक पुनर्निर्माणका लागि अमेरिकी सरकारले ७ लाख अमेरिकी डलर सहयोग गरेको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया