२ वटा अस्पताललाई काठमाडौँ महानगरद्वारा भेन्टिलेटर सहयोग

लोकपथ
21
Shares

काठमाडौँ महानगरपालिकाले आज सूर्यविनायक नगरपालिकाले सञ्चालन गरेको सूर्यविनायक नगर अस्पताललाई एउटा र काठमाडौँ महानगरको वडा ६ मा सञ्चालित स्तुपा सामुदायिक अस्पताललाई २ थान भेन्टिलेटर प्रदान गरेको छ । आज राष्ट्रिय सभा गृहमा महानगरका मेयर विद्यासुन्दर शाक्यको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयालले सूर्य विनायक नगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कँडेल र स्तुपा सामुदायिक अस्पतालका निर्देशक पेम्बा लामासँग सम्झौता पत्रमा हस्ताक्षर गरेपछि भेन्टिलेटर उपलब्ध गराइएको हो ।

महानगरलाई भगिनी सहर तिव्वतको ल्हासा नगरले ५ थान भेन्टिलेटर उपलब्ध गराएको छ । यीमध्येबाट भेन्टिलेटर वितरण गरिएको हो । रोगका कारण गम्भीर अवस्थामा पुगेनका विरामीको उपचारका लागि भेन्टिलेटर अति आवश्यक मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?