गुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

लोकपथ
0
Shares

गुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको चन्द्रकोट गाउँपालिका–३ सालघारीकी २६ वर्षीय सरिता थापाको माछा मार्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मृतक थापालाई सोही स्थानमा रहेको हुग्दीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बेहोस अवस्थामा स्थानीयले फेला पारेका थिए। उनको अस्पताल ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?