ज्येष्ठ पत्रकारले १५ हजारसम्म पारिश्रमिक पाउने निर्णय

लोकपथ
0
Shares

सरकारले ज्येष्ठ पत्रकारलाई मासिक रुपमा ‘ज्येष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको छ । गत फागुन ११ गते बसेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सचिव स्तरीय निर्णयबाट ज्येष्ठ पत्रकारलाई ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ अनुसार ‘ज्येष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त निर्णयअनुसार ६५ वर्षदेखि ६९ वर्ष उमेर समूहका ज्येष्ठ पत्रकारलाई मासिक ५ हजार, ७० देखि ७५ वर्षसम्म मासिक ७ हजार, ७६ देखि ८० वर्षसम्मका जेष्ठ पत्रकारलाई मासिक १० हजार र ८१ वर्षभन्दा बढी उमेर समुहका जेष्ठ पत्रकारलाई मासिक १५ हजारका दरले ‘ज्येष्ठ पत्रकार वृत्ति’ उपलब्ध गराउने भएको हो ।

नेपाल पत्रकार महासंघ उक्त निर्णयको स्वागत गर्दै त्यसको पूर्ण कार्यान्वयन हुनेमा विश्वस्त व्यक्त गरेको छ ।

नेपाल पत्रकार महासंघले विगत लामो समयदेखि ६५ वर्षमाथिका पत्रकारलाई पत्रकार वृत्ति उपलब्ध गराउन सरकारलाई लिखित दबाब र सुझाव दिँदै आएको थियो ।

यद्यपि सरकारको यो निर्णय स्वागत योग्य भए पनि ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ का कतिपय प्रावधान सरलीकृत गर्न जरुरी रहेको महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?