काठमाडौं । तरुण दलले सरकार विरुद्ध प्रदर्शन गर्ने भएको छ । महंगी, भ्रष्टाचार, अदालतको अपमान र प्रेसस्वतन्त्रताको अपमानको विरोधमा तरुण दलले सरकार विरुद्ध प्रदर्शनसहित विरोधसभा गर्ने भएको छ ।
बुधबार दिउँसो २ बजेपछि काठमाडौको रत्नपार्कस्थित शान्तिवाटिकामा विरोध प्रदर्शन गर्ने तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले जानकारी दिए ।
बामपन्थी सरकारका क्रियाकलाप जनतालाई राहात दिनेभन्दा पनि आहात दिने र राज्यसंयन्त्रको दुरुपयोग गर्ने किसिमको भएकाले तरुणदलले विरोध पदर्शन गर्न लागको अध्यक्ष बस्नेतले बताए ।
उनका अनुसार विरोधसभामा सहभागि हुन तरुण दलका नेता कार्यकर्ता उपत्याकाका विभिन्न स्थानबाट २ बजे रत्नपार्कमा जम्मा हुनेछन् ।
विरोध प्रदर्शनबाट यातायात प्रभावित नहुने अध्यक्ष बस्नेतले बताए । विरोध र्यालीसहित कार्यकर्ताहरु काठमाडौंको बालाजु, कंलकी, कोटेश्वर, लगनखेल हुँदै रत्नपार्क आइपुग्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया