कामना सेवा विकास बैंकको थप ३ वटा शाखा चितवनमा

लोकपथ
117
Shares

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चितवनमा थप ३ वटा शाखाको शुभारम्भ गरेको छ ।

बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा चितवनको खैरहनी नगरपालिका वडा नं. ०८ स्थित पर्सा बजार, कालिका नगरपालिका वडा नं. ०४ स्थित पदमपुर र भरतपुर महानगरपालिका वडा नं. २५ स्थित अमृतचोकमा शाखा कार्यालय स्थापना गरी आज फागुन १८ गतेदेखि कारोबार शुभारम्भ गरेको हो । यो सँगै बैंकको शाखा कार्यलाई १३२ पुगेको छ ।

बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

बैंकिङ पहुँच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?