सनराइज बैंकको ८७औं शाखारहित बैंकिङ सेवा झापाको अर्जुनधारामा

लोकपथ
104
Shares

काठमाडौं । सनराइज बैंक लिमिटेड बुधबारे शाखाको आयोजनामा झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं.–१, शान्तिचोक, सिस्नेमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ८७ पुगेको छ ।

बैंकले अर्जुनधारा नगरपालिका वडा नं.–१, शान्तिचोक, सिस्ने झापामा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा गणेश प्रसाद गौतमलाई नियुक्त गरेको छ ।

फागुन १६ गते, सोमबार आयोजित कार्यक्रममा प्रमुख अतिथिमा अर्जुनधारा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गजाधर खतिवडा तथा स्थानीय राजनितिक दलका प्रतिनिधि, शिक्षक, कर्मचारी, व्यापारीहरु समेतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?