काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८७४ जनामा कोरोना परीक्षण गर्दा सो संक्रमित थपिएका हुन् ।
यस्तै, पछिल्लो २४ घण्टामा ३२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये हालसम्म ९ लाख ५७ हजार ४८८ जना कोरोनामुक्त भएका छन् ।
यो अवधिमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । पछिल्लो समय कोरोना संक्रमित घट्दै गएका छन् भने हाल देशभर ७ हजार ७७० जना सक्रिय संक्रमित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया