नेपाल बंगादेश बैंकलाई गाभेर एकीकृत कारोबार गर्न नबिलले पायो सैद्धान्तिक सहमति

लोकपथ
455
Shares

काठमाडौं । नेपाल बंगलादेश बैक (एनबी)लाई गाभेर एकीकृत कारोबार गर्नको लागि नबिल बैंकले सैद्धान्तिक सहमति पाएको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो पटक बसेको सञ्चालक समितिको बैठकले नबिललाई उक्त सहमति प्रदान गरेको हो ।

राष्ट्र बैंकका अनुसार सैद्धान्तिक सहमति पाएसँगै अबको छ महिनाभित्रमा नबिलले एनबीलाई गाभेर एकीकृतरुपमा कारोबार सञ्चालन गर्नुपर्नेछ । गत पुस २९ गते नबिलले एनबी बैंकलाई प्राप्ति गर्नको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो ।

प्राप्तिको लागि एनबीको एक सय कित्ता सेयर बराबर नबिलको ४३ कित्ता सेयर हुनेगरी स्वाप रेसियो कायम गर्ने सहमति भएको थियो ।

उक्त समय भएको सम्झौतामा नबिलका तर्फबाट सञ्चालक उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेश बैंकका तर्फबाट इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?