११ चैत्र २०७९, शनिवार

एमालेमा मधेश समता पार्टी समाहित

२०७४,आश्विन,२६,बिहीवार १३:२७

0
Shares

काठमाडौँ, २६ असोज ।नेकपा (एमाले)मा मधेश समता पार्टी नेपाल समाहित भएको छ ।आज एमाले संसदीय कार्यालयमा आयोजित कार्यक्रममा एमालेमा समता पार्टी समाहित भएको हो ।एमाले अध्यक्ष केपी शर्मा ओलीले समता पार्टीका अध्यक्ष मेघराज नेपालीलाई टीका लगाई पार्टी प्रवेश गराएका हुन ।पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले एमालेको देशप्रति देखाएको सद्भावका कारण प्रवेश गर्नेको लहर छाएको बताए । तोकिएको समयमा निर्वाचन हुने ठोकवा गर्दै ओलीले सबै जनताको प्रिय पार्टी एमाले भएको धारणा राखे ।उनले एमालेले अरुलाई पार्टी प्रवेश गराएर धोका दिन काम गर्ने दिने समेत बताए । कम्युनिष्टले नै देश बनाउने भन्दै उनले भने– “कम्युनिष्ट भनेको सत्य र निष्ठामा चल्नु पर्दछ । कम्युनिष्ट नै देश बनाउने छन् ।”अध्यक्ष ओलीले मधेशी जनताको अधिकार कटौती गर्ने पार्टी मधेशवादी नभएको जिकिर गर्दै मधेशको विकास र समृद्धि गर्ने पार्टी एमाले मधेश विरोध नभएको दाबी गरे ।उनले एमाले नेताको हुकुमले नभई विधि र नीतिबाट चल्ने पार्टी भएको बताउँदै समाहित भएकालाई पार्टीले उचित जिम्मेवारी दिने धारणा राखे ।कार्यक्रममा समता पार्टीका अध्यक्ष नेपालीले एमालेको राष्ट्रप्रति लिएको सही अडानका कारण आफूहरु एमालेमा समाहित भएको बताए ।सोही कार्यक्रममा सीमारक्षक देवनारायण यादवसमेत एमालेमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति: २०७४,आश्विन,२६,बिहीवार १३:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले देश बनाउने जिम्मेवारी युवाको भएको बताएका छन्

काठमाडौं । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले लामो सङ्घर्षपछि राज्य व्यवस्था फेरिए पनि राजनीतिक र प्रशासनिक नेतृत्वमा पुरानै प्रवृत्ति हाबी

काठमाडाैं । नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको राजीनामा माग गरेको छ । कांग्रेसको गण्डकी प्रदेश संसदीय दलका नेता

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक शुरु भएको हो ।

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११