१० बर्षमा २ हजार किलोमिटर रेल : अर्थमन्त्री खतिवडा

काठमाडाैं : अर्थमन्त्री डा. युवराज खतिवडाले १० बर्षभित्र २ हजार किलोमिटर रेल नेटवर्क विस्तार गर्ने तयारीमा नेपाल रहेको जनाउँदै अन्तरराष्ट्रिय लगानीकर्तालार्इ लगानीका लागि अाग्रह गरेका छन् । 

भारतको मुम्बर्इमा सोमबारदेखि शुरू भएको एसियाली पूर्वाधार विकास बैंक (एअार्इअार्इबी) को गभर्नर्स बैठकमा बोल्दै डा. खतिवडाले अाउँदो १० बर्षभित्र नेपालले १५ हजार मेगावाट जलविधुत उत्पादन र ७० हजार किलोमिटर सडक निर्माणको लक्ष्य राखेको उल्लेख गर्दै विसका साझेदारहरूलार्इ कनेक्टिभीटी परियोजनाहरूमा लगानी गर्न अाग्रह गरेका हुन् । 

संविधान निर्माणपछि नेपालमा स्थिरता बढेकोले भाैगोलिक र जनसांख्यिक हिसाबले चीन र भारतको बीचको देशमा अहिले विश्वकै ठूलो लगानी अवसर रहेको बताएका छन् । नेपालले विकाससम्बद्द विभिन्न घरेलु र अन्तररराष्ट्रिय लक्ष्य राखेकाले यसका लागि लगानी अावश्यक भएको र नेपालमा अहिले लगानीको उपयुक्त अवसर रहेको जानकारी गराएका छन् । 

एअार्इअार्र्बीलार्इ पूर्वाधार, पर्यटन र जलविधुत क्षेत्रमा लगानी गर्न नेपालले गभर्नर्स बैठकमा अाग्रह गरेको छ । बैंकको प्रोजेक्ट बास्केटमा नेपालले तामाकोशी पाँचाैं अायोजनामा लगानी गर्न समेत प्रस्ताव गरेको छ । 

नेपाल एअार्इअार्इबीको संस्थापक सदस्य हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?