मुडीज्‌ले भन्‍यो- ‘सन् २०२२ मा भारतको जीडीपी ९.५ प्रतिशतले वृद्धि हुन्छ’

लोकपथ
91
Shares

काठमाडौं । मुडीज् लगानी सेवाले भारतको कुल गार्हस्थ उत्पादन (जीडीपी) ९.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ। अहिले भारतको जीडीपी ७ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको समयमा मुडीज्‌ले २.५ प्रतिशत थप वृद्धि हुने प्रक्षेपण गरेको हो।

कोरोना महामारीका कारण सन् २०२० मा जारी गरिएको देशव्यापी लकडाउन र सन् २०२१ को कोरोना महामारीको दोस्रो लहरले थलिएको अर्थतन्त्र अहिले पुनर्रुत्थानको मार्गमा अघि बढिरहेको छ।

विगत साढे दुई वर्षसम्म थलिएको अर्थतन्त्र उकास्‍नका लागि देशभरका हरेक क्षेत्रले महत्वपूर्ण योगदान गर्ने भएकोले भारतको जीडीपीमा उल्लेखनीय वृद्धि हुने बताइएको हो।

त्यसैगरी सन् २०२३ मा ५.५ प्रतिशतले जीडीपी वृद्धि हुनेसमेत जनाइएको छ।

मुडीज्‌ले जारी गरेको विज्ञप्तिमा आर्थिक वर्ष सन् २०२२-०२३ र २०२३-२०२४ मा क्रमशस् आर्थिक वृद्धि ८.४ र ६.६ प्रतिशतमा कायम हुने जनाएको छ। सन् २०२१ को नोभेम्बरमा मुडीज्‌ले भारतको आर्थिक वृद्धि ७.९ प्रतिशतले हुने जनाकएको थियो।

त्यसैगरी आर्थिक वर्षको अन्त्य मार्च ३१ सम्मा भारतको आर्थिक वृद्धि ९.२ प्रतिशत हुने जनाएको थियो।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?