काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटघाट भएको छ ।
बुधबार बिहान नेता श्रेष्ठलाई भेट्न विप्लव श्रेष्ठनिवास हात्तीवन पुगेका थिए ।
भेटका क्रममा श्रेष्ठ र चन्दबीच एमसीसीसहित पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा कुराकानी भएको बताइएको छ ।
नेता श्रेष्ठ संसदबाट एमसीसी पास भएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग असन्तुष्ट छन् । सोही क्रममा विप्लवसँग भेट हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सोमबारको पत्रकार सम्मेलनमा प्रचण्डले श्रेष्ठले एमसीसीको विरुद्धमा बाहिर बोल्दै हिँडेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
त्यसपछि झन रुस्ट बनेका नेता श्रेष्ठलाई भेट्न प्रचण्ड मंगलबार हात्तिवन पुगेका थिए । आज पनि प्रचण्ड र श्रेष्ठबीच भेटघाट र छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया