हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

लोकपथ
91
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम १२० रुपैयाँ २५ पैसा बिक्रीदर १२० रुपैयाँ ८५ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३५ रुपैयाँ १५ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ २३ पैसा र बिक्रीदर १६२ रुपैयाँ तिन पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ २९ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३९ पैसा र बिक्री दर ८७ रुपैयाँ ८२ पैसा छ । क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ३१ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४७ पैसा र बिक्रीदर १० रुपैयाँ ५३ पैसा छ भने चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ पाँच पैसा र बिक्रीदर १९ रुपैयाँ १४ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिरदर ३२ रुपैयाँ पाँच पैसा र बिक्रीदर ३२ रुपैयाँ २१ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६८ पैसा छ भने बिक्रीदर २८ रुपैयाँ ८२ पैसा रहेको छ भने कोरियन वन १०० को खरिददर १० रुपैयाँ दुई पैसा र बिक्रीदर १० रुपैयाँ सात पैसा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?