रेखा थापासहित १४ जना राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत (नामावलीसहित)

लोकपथ
4.3k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले १४ जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत गरेका छन् ।

अध्यक्ष लिङ्देनले पार्टीको विधानबमोजिम १४ जनलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मनोनीत हुनेहरुमा लिलादेवी श्रेष्ठ (इलाम), विन्दु पौडेल (नवलपुर), रेखा थापा (काठमाडौं), प्रेक्षा मल्ल (धनुषा), मीना झा (सर्लाही), सन्तोषी शाही ठकुरी (सुर्खेत), स्वाती थापा (रुपन्देही), पुष्पा रजौरिया (कपिलवस्तु), लक्ष्मी तण्डुकार (काठमाडौं), समृद्धि राणा (उदयपुर), मीना न्यौपाने (चितवन), शान्ति माया गुरुङ (धादिङ), जयाकुमारी महतो (सप्तरी) र सावित्रा थापा (काठमाडौं) रहेका छन् ।

आजबाट राप्रपाको केन्द्रीय कार्यसमिति बैठक सुरु हुँदै छ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानीय तहको निर्वाचनको तयारी, भावि कार्ययोजना र विविध विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

उनका अनुसार बैठकमा अध्यक्ष लिङ्देनले राजनीतिक, उपाध्यक्ष तथा सचिवालय प्रमुख हेमजंग गुरुङले सचिवालयको प्रतिवेदन, महामन्त्री तथा स्थानीय तहको निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले स्थानीय तहको निर्वाचन सम्बन्धि प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?