काठमाडौं । नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्यामा निरन्तर गिरावट आइरहेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ६ हजार ५ सय ४ जनाको परीक्षण गर्दा ९२ जनामा पीसीआर र ६६ जनामा एन्टीजेन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएको छ ।
यसो त सोमबार नेपालमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट थप ३ सय ५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ५७ हजार १ सय ६७ पुगेका मन्त्रालयले जनाएको छ ।
निरन्तर कोरोना संक्रमितको संख्यामा कमि आएसँगै हाल सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ९ सय ७१ मा झरेको छ ।
मन्त्रालयको तथ्यांक अनुसार हालसम्म कोरोना संक्रमणको कारण ११ हजार ९ सय ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोनाको कारण २ जनाको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया