१३ चैत्र २०७९, सोमवार

राजपा कञ्चनपुरद्वारा उम्मेदवार सिफारिस

२०७४,आश्विन,२६,बिहीवार १३:१९

0
Shares

कञ्चनपुर, २६ असोज ।राष्ट्रिय जनता पार्टी कञ्चनपुरले आसन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।पार्टीको प्रदेश नं ७ को बैठकले उम्मेदवार सिफारिस गरेको हो । निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फका लागि पल्टु राना, निर्वाचन क्षेत्र नं २ बाट सामानुपातिकतर्फ प्रेमवती राना, निर्वाचन क्षेत्र नं ३ बाट सामानुपातिकतर्फबाट अम्वादत्त तिवारीलाई उम्मेदवारका रुपमा सिफारिस गरेको छ ।निर्वाचन क्षेत्र नं १ बाट प्रदेशसभाका लागि प्रत्यक्षतर्फ पर्शुराम बडायक, लछु राना, रामप्रसाद चौरीलाई सिफारिस गरेको प्रदेश नं ७ का पार्टीका प्रवक्ता अम्वादत्त तिवारीले जानकारी दिए ।उनका अनुसार सोही निर्वाचन क्षेत्रबाट समानुपातिकतर्फ केशवबहादुर बडायक, कुकरा राना, सारदा राना, राम किसन रानालाई सिफारिस गरेको छ ।यसैगरी निर्वाचन क्षेत्र नं २ बाट प्रदेश सभाका लागि माया चौधरी र रामेशवाल रानालाई बैठकले उम्मेदवारका रुपमा सिफारिस गरेको छ । निर्वाचन क्षेत्र नं ३ बाट प्रदेश सभाका लागि लोकराज भट्टलाई सिफारिस गरेको छ ।”अन्य निर्वाचन क्षेत्रमा उम्मेदवारको छिट्टै टुंगो लगाउँदै छौ”, प्रवक्ता तिवारीले भने । कञ्चनपुरमा प्रतिनिधि सभाका लागि तीन र प्रदेश सभाका लागि छवटा निर्वाचन क्षेत्र निर्धारण गरिएका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,२६,बिहीवार १३:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुदूरपश्चिम प्रदेश । सुदूरपश्चिम प्रदेशमा बर्सेनि सवारी दुर्घटना बढ्दै गएको छ । यसबाट ठूलो जनधनको क्षति हुने गरेको छ ।

काठमाडौं । सुदूरपश्चिममा सर्वदलीय बैठक बसेको छ । प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिनुअघि सर्वदलीय बैठक बसेको हो ।

काठमाडौं । नेकपा एमालेले दसुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ । आज बसेको सुदूरपश्चिम नेकपा एमाले

आफूलाई विश्वासको मत दिइयोस् भनि रावलले राखेको प्रस्ताव छलफलमा लैजाने/नलैजानेबारे सभामुखले गरेको प्रस्ताव सभाको बहुमतले अस्वीकृत गरिदिएपछि रावल सरकार ३०

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६