काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावलले पार्टीको नीतिविरुद्ध बोलेको आरोप लगाएका छन् ।
सोमबार पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै ओलीले रावलले एमसीसी वा अन्य विषयमा आफूलाई हिरो देखाउन राष्ट्रवादी कुरा गरेको टिप्पणी गरे ।
‘आफूलाई व्यक्तिगत रुपमा हिरो देखाउन खोज्ने कुनै पनि बाहानामा गर्न खोज्नु हाम्रो पार्टीको नीति विपरित हुन्छ ।’ उनले भने ।
एमसीसीका विषयमा रावलले आत्मकेन्द्रीत र आत्मप्रचारक भएर अनुचित क्रियाकलापहरु गरेको भन्दै कटाक्ष गरे ।
‘भीम रावल हाम्रो पार्टीको प्रचार विभागको सदस्य हो ।’ओलीले भने आत्मकेन्द्रीत र आत्मप्रचारक भएर अनुचित क्रियाकलापहरु गरिरहनुभएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया